दुवै मृगौला फेल भएका पूर्वजनमूक्ति सेनाद्धारा सहयोगको याचना

पिपलबाेट संवाददाता


दुवै मृगौला फेल भएर उपचारत सल्यानका एक युवाले सहयोगको याचना गरेका छन् । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ का मृगौला पीडित ४० बर्षिया बिरबल बिकले उपचारका लागि सहयोगको याचना गरेका हुन् । बिकका दुवै मृगौला फेल भएर कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराईरहेका उनी पुर्व जनमुक्ति सेनाका कमाण्डर समेत हुन । रहेका मृगौला पीडित बिकको आर्थिक अभावका कारण डायलोसिस समेत हुन सकेको छैन् । ‘अस्पतालमा भर्ना भएको ४ दिन भयो, डायलोसिस गर्न ८ हजार जति लाग्छ रे’ उनले भने ‘पैसा छैन्, त्यसैले आजसम्म डायलोसिस हुन सकेको छैन्, सल्यानबाट पैसा आएपछि डायलोसिस हु्रन्छ होला ।’ गत मंसिरदेखि समान्य समस्या देखिपछि फागुनमा भारतको मुम्बईमा गएर चेकजाँच गर्दा दुवै मृगौला फेल भएको बताए पछि यहाँ आएर उपचार गरीरहेको बताए । ५० हजार ऋण गरी ल्याएको पैसा सकिएको बताउँदै उनले सहयोगको अनुरोध गरेका छन् ।

उनी तत्कालिन माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्वमा जनमुक्ति सेनाका रुपमा कार्यरत भएका थिए । सेनामा हुँदा मुख र पिठ्युमा गोलि समेत लागेको उनले बताएका छन् । बिकका श्रीमति,पार्वती बि.क बनगाड कुपिण्डे नगरपालिका वडा नं. ३ की वडा सदस्य हुन । दुई छोरा र दुई छोरी छन् । हाल मजदुरी गरी घरखर्च चलाउँदै आएका उनका दुवै मृगौला फेल भएपछि आर्थिक अवस्था कमजोर बन्दै गएको बताउँदै सहयोगका लागि सबैसँग अनुरोध गरेका छन् । सरकारले मृगौला पीडितको डायलोसिस गर्दा शुल्क नलाग्ने भनेपनि आफुले समयमै डायलोसि गर्न नपाएको दुखव्यक्त गरेका छन् । बोल्न, हिड्न र खाना मन नलाग्ने गरेको बताउँदै समयमै उपचार गर्नका लागि सहयोग गरी दिन विभिन्न संघसंस्थाहरुलाई अनुरोध गरेका छन् । बिकले देश विदेशमा रहनुभएका सबैमा सहयोग गरि आफ्नो उपचारमा सहयोग गर्न याचना गरेका छन् । उनले आफ्नो मोवाईल नंम्बर ९८६४९३५२७० मा सम्पर्क गरी सहयोग गरिदिन आग्रहसमेत गरेका छन् ।

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका जनरल फिजिसियन डा. श्याम बिकले उनका दुवै मृगौला फेल भएकाले तत्काल डायलोसिस गर्नुपर्ने बताएका छन् । डा. बिकका अनुसार दुवै मृगौला फेल भएपछि जीवनभर हप्तामा दुई पटक डायलिसिस गर्नुपर्ने हुन्छ । साथै उनले आर्थिक अभावका कारण कसैले पनि स्वास्थ्य सेवाबाट बञ्चित हुनुहुँदैन् भन्दै अस्पताल प्रशासनसँग कुरा गरेर तत्काल डायलोसिस गर्ने जनाएका छन् । मृगौला पीडितकी श्रीमति वा नातेदारले मृगौला दान गरेको खण्डमा डायलिसिस गर्नु नपर्ने डा. बिक बताउँछन् ।

३ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech