आर्थिक अभावमा बच्चाको पढाई प्रभावित भएको रत्नाको दुखेसो

पिपलबाेट संवाददाता


बाँकेको बैजनाथ गाउँपालिका २ पितमारीकी ५० वर्षिया रत्ना परियार विगत ६ महिनादेखी विरामीका कारण ओछ्यानमा थला परेपछि आर्थिक अभावका कारण छोराछोरी पढाई प्रभावित भएको छ भने दैनिक जस्तो छाक टार्न समेत समस्या देखिएको छ । करिब १५ वर्ष अघि सशस्त्र द्वन्द्वकालको समयमा उनका श्रीमान कले परियार वेपत्ता भएपछि गाउँमा मजदुुरी गरेर छोराछोरी पाल्दै र पढाउदै आएकी रत्नाको पित्ताशयमा पत्थरी र मृगौला समस्या देखिएपछि उनी अहिले थला परेपछि उनी हिडडुल गर्न समेत सक्दिनन । शरिर सुनिएका कारण बोल्न समेत नसक्ने अवस्थामा पुगेकी रत्नालाई वृद्ध सासु र छोराछोरीको चिन्ताले पिरोल्ने गरेको छ । ‘छ महिनादेखि विरामी परेका कारण भोकै बस्नुपर्ने अवस्था छ । छोराछोरीले कापी कलम किन्ने पैसा माग्छन । म विरामीका कारण आफै थला परेकी छ’ आँसु चुहाउदै रत्नाले भनिन् । श्रीमान द्धन्द्धकालमा बेपत्ता भएपछि फर्केर आउनुभएन न सास पाईयो न लास जे जस्तो भएपनि छोराछोरी पालन पोषण गरेकी थिए । आफै मर्ने अवस्थामा पुुगेकी छु कतै बाट सहयोग गरिदिनु प¥यो हजुर भावुक हुदै उनले भनिन । एकातर्फ बेपत्ता श्रीमानको पीडा र अर्को तर्फ आफ्नो स्वास्थ्यले कमजोर बनेकी रत्नालाई छोराछोरीको पढाईलेखाई कसरी गराउने भन्ने कुराले थप दुखी बनाएको छ ।
स्थानीय मेडिकलमा उपचार गरेपछि डाक्टरले अप्रेसन गर्नुपर्ने बताए पछि पैसाको अभावमा रोग पालेर बस्नुपर्ने बाध्यता रहेको रत्नाको भनाई छ । श्री सरसस्वती आधारभुत विद्यालयमा ६ कक्षामा अध्ययनरत उनकी छोरी आशा परियारले आफुुसंग २ वटा मात्र कापी रहेको, सबै विषयको सबै २ वटा कापीमा लेख्ने र कलम साथीहरुबाट मागेर लेख्ने गरेको बताईन । त्यस्तैे उनकी आमा रत्नाले विद्यालय पोशाक अभावमा छोरीले विगत ३ वर्षदेखी एउटै सट लगाएर विद्यालय जाने गरेको बताईन । त्यस्तै जनता आर्दश मा.वि कक्षा ७ मा अध्ययनरत ईसव परियारले कापी कलम र पोषाक अभावमा विद्यालय जान छोडेको रत्नाले बताईन ।

८ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech