सिकलसेल एनेमिया ईलेक्ट्रोफोरेसि रक्त परिक्षण शिविर सुरु

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा सिकलसेल एनेमिया ईलेक्ट्रोफोरेसि रक्त परिक्षण शिविर आजबाट सुरु भएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजना तथा बागेश्वरी डाइनोस्टिक सेन्टर नेपालगञ्जको व्यवास्थापनमा आजबाट कोहलपुर नगरपालिका भित्र सिकलसेल एनेमिया ईलेक्ट्रोफोरेसि रक्त परिक्षण शिविर सुरु गरिएको छ । कोहलपुर नगरपालिका–३ मा रहेको जनता माविमा अध्ययनरत २५ जना विद्यार्थी र तिनीहरुका परिवारका सदस्यहरुलाई सिकलसेल एनेमिया ईलेक्ट्रोफोरेसि रक्त परिक्षण गरिएको छ । विद्यालयमा अध्ययनरत २५ जना विद्यालयहरुमा गत वर्ष नै सिकलसेल एनेमिया रोग देखिएपछि यस वर्ष विद्यार्थी, विद्यार्थीका आमाबुवा मध्ये एक जना र भाई बिहिनीमध्ये एक जना गरी ८५ जनाको रगत परिक्षण गरिएको कोहलपुर नगर स्वास्थ्य शाखाका उपसंयोजक विद्यासागर मैलानीले बताएका छन् । उनका अनुसार गत वर्ष सिकलसेल एनेमिया रोग लागेको बालबालिका र उनका दुई जना परिवारका सदस्यहरुको परिक्षणका लागि रगत संकलन गरिएको बताएका छन् ।
त्यस्तै जनता मावि मैटहवामै सिकलसेल एनेमिया रोग सम्बन्धि थारु बालबालिका तथा अभिभावकहरुलाई जेनेटिक काउन्सिलिङ कार्यक्रम सम्पन्न गरिएको छ । सिकलसेल रोग देखा परेका विद्यालयका २५ जना विद्यार्थी र तिनका अभिभावकहरुलाई सिकलसेल एनेमिया रोग सम्बन्धि थारु बालबालिका तथा अभिभावकहरुलाई जेनेटिक काउन्सिलिङ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा डा. हेमन्त चौधरीले सिकलसेल रोगको परिचाय, लक्ष्मणहरुका बारेमा जानकारी दिएका थिए । विशेष गरी थारु जातिमा लाग्ने यो रोग एक प्रकारको वंशनुगत रोग भएको बताउँदै आमा र बुवा दुवैमा यो रोगको जीन भएमा वा दुई मध्ये एक जनामा भए पनि यो रागे बच्चामा सर्न पनि सक्ने र नसर्न पनि सक्ने बताएका छन् ।
त्यसैगरी भोलि (९ गते) श्री सगरमाथा ज्ञानपुञ्ज मावि, १० गते लक्ष्मी मािव बद्र्वहवा, १२ गते सिद्वार्थ आधारभूत विद्यालय रझेना, १३ गते त्रिभवन मावि, १४ गते ज्ञान ज्योति मावि चप्परगौडी र १५ गते नेपाल राष्ट्रिय मावि खड्कवार, नेपाल आधारभूत विद्यालय चटार, राम मावि हवलारपुरमा सिकलसेल एनेमिया ईलेक्ट्रोफोरेसि रक्त परिक्षण शिविरको आयोजना हुने उपसंयोजक मैनालीले बताएका छन् । कोहलपुर नगरपालिका सिकलसेल एनेमिया रोगबाट थारु सामुदायिका मानिस संक्रमित रहेको तथ्यांकले जनाएको छ ।

८ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech