कोहलपुर तरुण दलद्वारा नगरपालिकालाई ज्ञापन पत्र

पिपलबाेट संवाददाता


नेपाल तरुण दल कोहलपुर नगर कार्य समितिले कोहलपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । कोहलपुर नेपाल दरुण दलले २०७५ साउन १ गते सर्वदंशको उपचार केन्द्र, छाडा पशुचौपायको व्यवस्थापन तथा भ्रष्टाचार मुक्त समाज निर्माण गर्नका लागि बुझाईएको ज्ञापन पत्रको स्थानिय सरकारले बेवास्था गरे भन्दै पुन बुझाईएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । हालसम्म नगरपालिकाको कार्य प्रगतिको सार्वजनिक सुनुवाई किन गर्न नसकेको, महालेखा परिक्षकको बेरुजु प्रतिवेदन माथि छलफल गरी न्यूनिकरण गर्ने उपाय तर्फ किन नगएको, सुशासन र शासन प्रणालीको लागि समिति गठन किन नगरेको, वडाबाट्रै लक्षित कार्यक्रम किन सञ्चालन नगरेको, भ्यू टावरको डिपिआर धेरै पटक किन गरेको भन्दै ज्ञापन पत्र बुझाईएको छ । त्यस्तै कार्यपालिकाका सदस्यलाई किन थप सुविदा दिएको, ठुला योजनाहरु लागत सहकागिता जुटाई उपाभोक्ताबाट निर्माण गर्ने कार्य किन रोकेको, गैरसहकारी संस्थाहरुको सहभागिता केके मा कति छन् किन प्र्रतिवेदन नल्याएकोे, महालेखा परिक्षकको प्रतिवेदन माथि किन अटेर गरेको लगायतका मागहरु राखेर ज्ञापन पत्र बुझाईएको छ ।
ज्ञापन पत्र बुझ्दै कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरीले तरुण दलले राखेका मागहरुका बारेमा नगरप्रमुख र कार्य पालिकाको बैठकमा छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाउने बताएकी छिन् । साथै उनले स्थानिय सरकारले सबैको भावना अनुसार काम गर्ने भन्दै ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरु प्रति कोहलपुर नगरपालिकाले गम्भिर रुपमा छलफल गर्ने प्रतिवद्वता समेत व्यक्त गरेकी छिन् । ज्ञापन पत्र बुझाउने कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका यूवा नेता पूर्ण प्रसाद आचार्यले वर्तमान केपि शर्मा ओलि नेतृत्वको सरकारले नेपाली जनताको भावना अनुसार काम नगरिरहेको अवस्थामा स्थानिय सरकारले जनताको भावना अनुसार कार्य सम्पादन गर्नुपर्ने बताएका छन् । कोहपुर नगरको विकास र समृद्विका लागिस्थानिय सरकारसँग नेपाली काँग्रेस सहकार्य गर्न तयार रहेको उनले बताएका छन् । कार्यक्रममा बोल्दै यूवा नेता यज्ञ महाराले कोहलपुर नगरपालिकामा भ्रष्टार बढिरहेको केहि तथ्याङ्कहरु बाहिर आएको भन्दै तत्काल नगरपालिका भित्रमा अनियमता रोक्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाल तरुण दल कोहलपुर नगर कार्य समितिका सभापति हरसिंह कठायतले नगरपालिकाले गरेका गलत कार्यको भण्डाफोर गरी कोहलपुरलाई नमूना कोहलपुरका विकास गर्न लागि परेको बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकालाई पटक पटक विभिन्न गलत क्रियाकलापका विषयमा ज्ञापन पत्र बुझाउँदा कुनै पनि जवाफ नभएको भन्दै यस पटकका मागहरु पुरा नभए चरणवद्व रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । कार्यक्रममा नेपाल तरुण दलका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

१० जेष्ठ २०७६ मा प्रकाशित
Nabintech