प्रथम वडास्तरीय भलिबल तथा क्रिक्रेट प्रतियोगिता सुरु

पिपलबाेट संवाददाता


बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरीमा शुक्रबारदेखी प्रथम वडास्तरीय भलिबल तथा क्रिक्रेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का अध्यक्ष महाविर वलीले उद्घाटन गरेका थिए । प्रतियोगीताको उद्घाटनसत्रमा बोल्दै वडाध्यक्ष वलीले साविकको महादेवपुरी गा.वि.स वडा नं. १ देखी ५ सम्मका स्थानहरुलाई टोल मानेर टोल स्तरिय प्रतिस्प्रर्धा गराईने बताए । त्यस्तै उनले वडाभित्र रहेका खेलाडीहरुको प्रतिभालाई प्रस्फुटन गराउनका लगी खेलकुदको आयोजना गरिएको बताए ।
प्रतियोगीतामा भलिबल र क्रिक्रेट प्रतियोगितको छट्टाछट्टै प्रतिस्प्रर्धा गराईने बताईएको छ । प्रतियोगितमा प्रथम स्थान प्राप्त गर्नेलाई ७ हजार ५ सय द्वितिय स्थान प्राप्त गर्नेलाई ५ हजार ५ सय र तृतीय स्थान प्राप्त गर्नेलाई ४ हजार तथा प्रमाणपत्र प्रदान गरिने वडा कार्यालयले जनाएको छ । भलिबल तर्फ ७ वटा र क्रिक्रेट तर्फ ५ वटा टिम बिच प्रतिस्पर्धा हुने छ । खेलको आगामी १३ गते फाईनल हुने छ । प्रतियोगितको उद्घाटनसत्रमा राप्तीसोनारी गाउँपालिका वडा नं ९ का वडासदस्य पुर्ण बहादुर वली, मिना विष्ट,सिता बि.क पंचराम थारु, शिक्षक, विद्यार्थी, समाजसेवी बुद्धीजीवी सर्वसाधारण लगायतको सहभागीता रहेको थियो ।

१० जेष्ठ २०७६ मा प्रकाशित
Nabintech