बाँकेका सहकारीद्वारा ७ बुँदे प्रतिवद्वता घोषण

पिपलबाेट संवाददाता


बाँँके जिल्लाका सम्पूर्ण प्रारम्भिक तथा विषयगत संघसंस्थाबाट सहभागी भई सरकारको तिन खम्बे नीति बमोजिम महत्वपूर्ण खम्बाको रुपमा रहेको सहकारी अभियानका माध्यमबाट ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा साकार पार्न र सहकारी अभियानलाई व्यवसाय बिस्तार गर्न ७ बुँदे प्रतिवद्वता पत्र घोषण गरिएको छ ।
बाँकेको नेपालगञ्जमा कोष परिचालन तथा व्यववसायिक सहकारीता सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा ७ बँुदे प्रतिवद्वता पत्र घोषण गरेका हुन् । भूमि व्यवस्था कृषि, तथा सहकारी मन्त्रालय ५ नं. प्रदेशको आयोजना तथा जिल्ला सहकारी संघ बाँकेको व्यवस्थापनमा एक दिने कोष परिचालन तथा व्यववसायिक सहकारीता सम्बन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै भूमि व्यवस्था कृषि, तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश सरकारले सहकारीको विकास र समृरिुका लागि विभ्रिन्न कार्यक्रमहरु लाउन लागेको बताईन् । साथै उनले प्रदेश नं. ५ लाई सहकारी मैत्री बताउनका लागि विभिन्न कार्यक्रमहरु ल्याउन लागेको भन्दै सहकारी माफर्त कृषिमा आधुनिकरण ल्याउनु पर्ने बताईन् । कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाले स्थानिय सरकारले सहकारी संघ संस्थाहरुसँग सहकार्य गरी जनताको जीवन सुधारका विभ्रिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताएकाछन् । कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले सहकारी कोष परिचालन सम्बन्धी कार्यपत्र प्रस्तुत गदै्र्र समृद्वि र व्यवसायिकताका लागि सहकारी भरपर्दो माध्यम भएको बताएका छन् । कार्यक्रममा सहकारी विज्ञ डा. खगराज शर्माले समृद्वि प्रदेशका लागि व्यवसायिक सहकारी सम्बन्धी कार्यक्रम प्रस्तुत गर्दै देशको आर्थिक सामाजिक रुपान्तरणमा सरकार, नीजि र सहकारी क्षेत्र आपसमा हातेमालो आवश्यक रहेको बताएका छन् ।
के छ ७ बुँदे प्रतिवद्वता पत्रमा ?
सहकारीका मूल्यमान्यता नीति नियम र मर्मलाई हृदयङ्गम गरी समाज र सहकारी संस्थाको बृहत्तर हित तथा आर्थिक समाजिक विकासमा इमान्दारितापुर्वक कार्य गन, सहकारी प्रवर्धन कोष परिचालन निर्देशिका बमोजिम समृद्व प्रदेश निर्माणका लागी कोषमा तोकिएका उद्देश्य अनुकुल उद्योग व्यवसाय सञ्चालनमा सहभागी भई व्यवसाय सञ्चालन गर्न, सहकारी व्यवसाय वा उद्योग सञ्चालन गर्दा स्थानीय आवश्यकता, जनचाहना र वातावरण मैत्री उद्योग व्यवसाय सञ्चालन गर्न प्रतिवद्वता व्यक्त गरिएको छ । त्यसै गरी बाँके जिल्ला ५ नं. प्रदेशको मुख्य आर्थिक, शैक्षिक र औद्योगीक क्षेत्र भएको र कर्णाली तथा सुदुर पश्चिम प्रदेश को द्वारका रुपमा रहेकोले अन्तर्राष्ट्रिय आयात निर्यात, कृषि, जडिबुटि, वन र प्लास्टिक मुक्त व्यवसाय सञ्चालनका साथै कर्णाली हिमाली दर्शन र मान सरोवर सम्मको पहुँचका लागी प्रवेशद्वार भएकोले पर्यटन उद्योग समेत प्राथमिकताका क्षेत्र भएकाले विविधता युक्त बाँकेमा सहकारीका प्र्रचुर सम्भावनाहरुको पहिचान गरी प्रदेश नं. ५ र समग्र राष्ट्रको आर्थिक समाजिक समृद्विमा योगदान पु¥याउने, सहकारी प्रवद्र्धन कोषको उद्देश्य परिपूर्ति र सहकारीलाई व्यवसायीकरण गर्न एक सहकारी एक उत्पादन गर्ने , बाँकेका सहकारीकर्मीहरु संयुक्त वा एकल रुपमा सहकारी भोजनालय, सहकारी बजार, सहकारी यातायात, सहकारी प्रेस, सहकारी डेरी, सहकारी राईसमिल, सहकारी पार्टी प्यालेस आदि व्यवसाय सञ्चालन गर्न र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय ५ नं. प्रदेशले लागु गर्ने अनुगमन कार्यदल र लेखा परीक्षण कार्यदल गठन गरी लागु गरेमा उक्त कार्यदलहरुको पूर्ण समर्थन सहयोग गर्ने र सो अनुुसार कार्य गर्ने गराउने प्रतिवद्वता गरिएको छ ।

१० जेष्ठ २०७६ मा प्रकाशित
Nabintech