बागेश्वरी सिङिङ्ग आईडलमा राप्तीसोनारी अडिसनबाट १९ जना छनौट

पिपलबाेट संवाददाता


राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको बागेश्वरी सिङिङ्ग आईडल अन्तरगत राप्तीसोनारी अडिसनबाट १९ जना दोस्रो राउण्डका लागी छनौट भएका छन । शनिबार शिवशक्ति मा.वि पेरानीमा भएको अडिसनमा सहभागी भएका करिब १७ वटा विद्यालयका दोस्रो राउण्डका लागी छनौट भएका हुन । लोक तथा दोहोरी गायक अमन वली, आधुनिक गायक कण्ठेश्वर न्यौपाने र साहित्यकार तथा गायिक देवकी निरौलाको टिमले निर्णायकको भुमिका निर्वाह गरेका थिए । अडिसनका प्रमुख अतिथि राप्तीसोनारी गाउँपालिका वडा नं ८ का वडासदस्य लेखराम थारुले संगितकर्मी संघले आयोजना गरेको आईडलबाट विद्याथीहरुले आफ्नो क्षमता पर्दशन गर्ने अवसरमा प्राप्त गरेको बताए । कार्यक्रममा बोल्दै शिवशक्ति मा.वि का सहप्रधानाध्यापक झक्कु प्रसाद डाँगीले आईडलले विद्यार्थीहरुको अन्तरनिहित गायन प्रतिभालाई प्रस्तुत गर्ने सुनौला अवसर दिएको बताए ।
यस अघि कोहलपुरमा सम्पन्न भएको पहिलो अडिसनमा ७० जना दोस्रो राउण्डमा प्रवेश गरेका छन । राप्तीसोनारी पछि जेठ १५ गते खजुरामा जेठ १८ गते बैजनाथको प्रभात मा. वि र पहिलो अडिसन संचालन गरिने आईडल संयोजक ओम शर्माले जानकारी दिए । आईडलमा प्रथम हुनेले रु ५० हजार र एल्वममा गाउने अवसर द्धितिय हुनेले ३० र एल्वममा गाउने अवसर तृतिय २० हजार र एल्वममा गाउने अवसर हुनेले हजार प्राप्त गर्नेछन ।

११ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech