न्यौपानेको ‘मोड’ उपन्यास बिमोचन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा ‘मोड’ उपन्यासको बिमोचन गरिएको छ । कोहलपुर स्थित नेपालगञ्ज मोडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत नर्स समेत रहेकी अन्जु न्यौपानेको पहिलो कृति ‘मोड’ उपन्यास शनिबार एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । हाम्र्रो पूर्णिमा साहित्य प्रतिष्ठान आख्यान विभागको आयोजनमा भएको कार्यक्रममा मदन पुरस्कार बिजेता रामलाल जोसीले ‘मोड’ उपन्यासको बिमोचन गरेका छन् । कार्यक्रममा बोल्दै मदन पुरस्कार बिजेता रामलाल जोसीले नेपाली साहित्य जगतमा नयाँ मोड आएको भन्दै महिला प्र्रतिभाहरु पछ्रिल्लो समय सशक्त बन्दै भएको बताएका छन् । साथै उनले साहित्य सिर्जना गर्ने कार्य जटिल कार्य भएको भन्दै साहित्यलाई जीवनसँग जोड्नुपर्ने बताएका छन् । न्यौपानेद्वारा लिखित उपन्यास ‘मोड’ले जीवनको हरेक पक्षलाई आत्मासाथ गरेको बताउँदै जीवन रुपान्तरणमा ‘मोड’ उपन्यास सफल हुने विश्वास लिएको बताएका छन् । ‘मोड’ उपन्यासकी लेखक अन्जु न्यौपानले साहित्य रचना गर्न कठिन विषय भएको बताउँदै विभिन्न चुनौतिका बिच ‘मोड’ उपन्यासको जन्म दिन सफल भएको बताईन् । साथै उनले ‘मोड’ उपन्यास बजारमा ल्याउनका लागि विभिन्न कोणबाट सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले केहि समय पछि अर्को साहित्यक कृति प्रकाशनमा ल्याउने बताएकी छिन् ।
कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य हरि तिमिल्सेनाले उपन्यास जीवनका समग्र आयामहरु समेटेर लेखिने भएकाले साहित्य सिर्जना गर्न चुनौति रहेको बताएका छन् ।
त्यस्तै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका नेपाली विभाग प्रमुख पुस्करनाथ रिजालले न्यौपानेको ‘मोड’ उपन्यासको समालोचना गर्दै सामाजिक यथार्थवादी उपन्यास भएको बताएका छन् । साथै उनले नेपाली नारीको जीवन कथालाई पत्रको माध्यमबाट चित्रण गर्न सफल भएको भन्दै ‘मोड’ उपन्यास नेपाली समाजको वास्तविकतामा आधारीत रहेर लेखिएको साहित्यक कृति रहेको बताएका छन् । जीवनलाई कसरी सफल बनाउन सकिन्छ भनि गरिएका संघर्षहरुलाई उपन्यासमा समावेश गरिएको रिजालले बताएका छन् । कार्यक्रममा बोल्दै हाम्रो पूर्णिमा साहित्य प्र्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले नेपाली साहित्यकको विकासमा न्यौपानेद्वारा लिखित ‘मोड’ उपन्यासले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन् । साथै उनले कोहलपुरलाई साहित्यक हबका रुपमा विकास गर्नका लागि विभिन्न साहित्यक कृतिहरु प्रकाशित गर्ने कार्य भईरहेको बताउँदै हाम्रो पूर्णिमा साहित्य प्र्रतिष्ठानलाई सहयोग गर्न स्थानिय सरकारलाई अनुरोध गरेका छन् । कार्यक्रममा आख्यानकार सनत रेग्मीले पछिल्लो पुस्ताका साहित्यकारहरुले सिर्जनामा विशेष ध्यान दिएको प्रति खुशि व्यक्त गरेका थिए । सो कार्यक्रममा रचना बाचन समेत गरिएको थियो । कार्यक्रममा कोहलपुर क्षेत्रका साहित्यकार, शिक्षा प्रेमी, उद्योगि, व्यापारी, समाजसेवि, राजनीतिक दलका प्रतिनिधि लगायत साहित्यक मनहरुको सहभागिता रहेको थियो भने कार्यत्र mमको सहजिकरण कथाकार सुमित्रा न्यौपानेले गरेकी थिईन् ।

११ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech