मनकारी हरिताले गरिन रत्नाको परिवारलाई सहयोग

पिपलबाेट संवाददाता


बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ वडा कार्यालयककी समाजिक विकास सहजकर्ता हरिता वली खड्काले रत्नाको परिवारलाई सहयोग गरेकी छिन । आईतबार बैजनाथ गाउँपालिका २ पितमारी स्थित रत्ना परियारकै घरमा पुगेर उनले रत्नाका छोरीछोरीका लागी विद्यालय पोशाक,कापीकलम शैक्षिक समाग्री खाद्यान समाग्री सरसफाईका समाग्री तथा नगद सहयोग गरेकी हुन । केहीदिन अघि आर्थिक अभावका कारण रत्नाका छोरीछोरीको पढाई प्रभावित भएको समाचार संचार माध्यममा आएको थियो । सोही समाचार अध्ययन गरेपछि आर्थिक अभावमा कोही पनि पढ्नबाट वञ्चित हुन नपरोस भनेर आफुले सक्दो सहयोग गरेको बताईन । त्यस्तै उनले आफुले गर्नुपर्ने मानविय सहयोग गरेको प्रतिक्रिया दिईन । खड्काले करिब ६ हजार बराबर सहयोग गरेकी थिईन । उनलाई सहयोग गरेकोमा रत्नाका परिवार तथा छिमेकीले धन्यवाद दिएका थिए ।
त्यस्तै आईतबार नै पत्रकार प्रेम विश्वकर्माको पहलमा रत्नाको परिवारलाई सहयोग गरिकोे छ । पत्रकार विश्कर्मा, सुस्मिता लामा , दानियल बोहरा लगायत ख्रिसिटियन विद्यार्थी संगती नेपालगजले पनि रत्नाका छोराछोरीलाई कापीकलम तथा शैक्षिक सामाग्रीहरु सहयोग गरेका छन । श्री सरसस्वती आधारभुत विद्यालयमा ६ कक्षामा अध्ययनरत रत्नाकी छोरी आशा परियारले आफुलाई सहयोग गरेकोमा खुसी व्यक्त गर्दै आफु नियमित विद्यालय जाने बताईन । ‘म सधै साथीको कलम मागेर लेख्नुपथ्र्यो अब सजिलो हुने भयो’ उनले भनिन् । कोहलपुर क्षेत्रका चर्चित पत्रकार कविन्द्र परियार र मनकुमारी बि.क को विशेष पहलमा रत्नाको परिवारलाई सहयोग जुटेको हो ।

१२ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech