प्रथम वडास्तरीय भलिबल तथा क्रिक्रेट प्रतियोगिता सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ ढकेरीमा सोमबार प्रथम वडास्तरीय भलिबल तथा क्रिक्रेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का अध्यक्ष महाविर वलीले समापन गरेका थिए ।
प्रतियोगिताको भलिबल तर्फ साविक महादेवपुरी गाविसको वडा नं. २ ‘बि’ प्रथम हुँदै १० हजार नगद पुरस्कार, साविकको वडा नं. ३ द्वितीय हुँदै ७ हजार पाँच सय नगद पुरस्कार, साविकको वडा नं. २ ‘ए’ तृतीय हुँदै ५ हजार चार सय नगद पुरस्कार र साविकको वडा नं. ५ सान्त्वना हुँदै २ हजार सात सय नगद पुरस्कार राशि, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
त्यस्तै प्रतियोगीताको क्रिकेट तर्फ साविकको वडा नं. ४ प्रथम हुँदै १० हजार नगद पुरस्कार, साविक महादेवपुरी गाविसको वडा नं. ५ द्वितीय हुँदै ७ हजार पाँच सय नगद पुरस्कार, साविकको वडा नं. २ तृतीय हुँदै ५ हजार चार सय नगद पुरस्कार र साविकको वडा नं. ३ सान्त्वना हुँदै २ हजार सात सय नगद पुरस्कार राशि, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।
प्रतियोगीताको समापसत्रमा बोल्दै वडा अध्यक्ष महाविर वलीले साविकको महादेवपुरी गा.वि.स वडा नं. १ देखी ५ सम्मका स्थानहरुलाई टोल मानेर टोल स्तरिय प्रतिस्प्रर्धा गराइएको भन्दै वडाभित्र रहेका खेलाडीहरुको प्रतिभालाई प्रस्फुटन गराउनका लागी खेलकुदको आयोजना गरिएको बताए । साथै उनले वडामा खेल क्षेत्रको विकासका लागि आगामि वर्ष थप बजेटको व्यवस्थापन गरी अन्य विभिन्न विद्याका प्रतियोगिता सञ्चालन गरिने जानकारी समेत दिएका छन् ।
प्रतियोगिताको भलिबल तर्फ ७ वटा र क्रिक्रेट तर्फ ५ वटा टिम बिच प्रतिस्पर्धा भएको थियो ।

१३ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech