बाँकेको कोहलपुरका एक युवाले जन्मदिनको अवसर पारेर विपन्न परिवारलाई सहयोग गरेका छन । कोहलपुर नगर स्तरिय युवा संजालका उपाध्यक्ष टोपराज जैसीले आफ्नो जन्मदिनको अवसरमा मंगलबार बैजनाथ गाउँपालिका २ पितमारी स्थित रत्ना नेपालीकै घरमा पुगेर उनले रत्नाका छोरीछोरीका लागी कापीकलम शैक्षिक सामाग्री खाद्यान सामाग्री सरसफाईका समाग्री तथा कपडा लगायतका सामाग्रीहरु सहयोग गरेका हुन । जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा समाजिक कार्यमा खर्च गर्ने उद्देश्यले रत्नाको परिवारलाई करिब ५ हजार बराबरको सहयोग गरेको जैसीले बताए ।
केहीदिन अघि आर्थिक अभावका कारण रत्नाका छोरीछोरीको पढाई प्रभावित भएको समाचार संचार माध्यममा आएको थाहा पाएको र आफुले जन्मदिनको अवसर पारेर रत्नाको परिवारलाई सक्दो सहयोग गरेको उनले बताए । कोहलपुर बुद्धिचाल संघका सचिव समेत रहेका विद्यार्थी नेता जैसीले २४ वर्ष पुरा गरेर २५ औं वर्षमा प्रवेश गरेको अवसरमा जन्मदिनमा हुने खर्च समाजिक कार्यमा खर्च गरेका हुन । साथै उनले आगामी दिनहरुमा पनि रत्नाको उपचारमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै यस अघि रत्ना नेपालीको परिवारलाई राप्तीसोनारी गाउँपालिका वडा न ९ की सामाजिक विकास सहजकर्ता हरिता वली पत्रकार प्रेम विश्वकर्माको सुस्मिता लामा , शंकर न्यौपाने लोकेन्द्र बि.क दानियल बोहरा लगायत ख्रिसिटियन विद्यार्थी संगती नेपालगजले पनि रत्नाका छोराछोरीलाई कापीकलम तथा शैक्षिक सामाग्रीहरु तथा नगद सहयोग गरेका छन । श्री सरसस्वती आधारभुत विद्यालयमा ६ कक्षामा अध्ययनरत रत्नाकी छोरी आशा बि.क ले आफुलाई सहयोग गरेकोमा खुसी व्यक्त गर्दै आफु नियमित विद्यालय जाने बताईन । त्यस्तै रत्नाको उपचारको लागी कौशल्या अस्पताल प्रालीले उपचार तथा स्वास्थ्य विमा गरिदिने भएको छ