नेविसंघ बाँके अध्यक्ष आचार्यले छात्रा परियालाई पढाउने जिम्मा लिए

पिपलबाेट संवाददाता


नेपाल विद्यार्थी संघका अध्यक्ष पूर्ण प्रसाद आचार्यले आफ्नो जन्म दिनको अवसरमा एक जना विद्यार्थीको उच्च शिक्षा सम्मको पढाई खर्च व्यवस्थापन गर्ने ज्रिम्मा लिएका छन् । कोहलपुर–८ मा रहेको श्री सरस्वती मा.बि. पिपरीको कक्षा ३ मा अध्यनरत छात्रा गङ्गा परियारको उच्च शिक्षा र स्वास्थ्यको सम्पुर्ण जिम्मा लिने निर्णय गरेको बताएका छन् । नेपाली काँग्रेसका यूवा नेता समेत रहेका आचार्यले आफ्नो ३२ औं वर्ष प्र्रवेसको अवसरमा छात्राको आर्थिक अवस्था कमजोर भएकाले उच्च शिक्षा सम्म अध्ययन गराउने जिम्मा लिएको बताएका छन् । विद्यार्थी राजनीतिबाट उदाएका यूवा नेता आचार्य बाँके नेपाली काँग्रेसका उदमान नेताका रुपमा चिनिन्छ ।

१४ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech