योगि संघको अध्यक्षमा पृतमनाथ

पिपलबाेट संवाददाता


बाँकेमा बाह्र पन्थी नाथ योगि संघ नेपाल बाँके जिल्ला अध्यक्षमा पृतमनाथ योगि चयन भएका छन् ।
‘छरिएर रहेका बाह्र पन्थी एक हौं, जातीय पहिचानको निम्ति संघर्ष गरौं’ भन्ने मुल नारा का साथ बाँकेको कोहलपुरमा बुधबार सम्प्रन्न प्रथम जिल्ला सम्मेलनबाट योगिको नेतृत्वमा नयाँ कार्य समिति चयन गरिएको छ । जसको उपाध्यक्षमा दलसिंह नाथ योगि, सचिवमा ओपेन्द्र नाथ योगि, सह–सचिवमा करिष्मा कुमारी योगि, कोषाध्यक्षमा ईश्वरनाथ योगि चयन भएको छ । त्यस्तै सदस्यमा देविसरा योगि, तारानाथ योगि, जमुना योगि, दिल बहादुर कँुवर, याम बहादुर कुँवर, पुष्कर नाथ योगि, सुर्य नाथ योगि र निशा योगि चयन भएकी छिन् ।
कार्यक्रममा बोल्दै बाह्र पन्थी नाथ योगि संघ नेपालका केन्द्रिय अध्यक्ष डा. करविर नाथ योगिले नेपालको संविधानको भावना अनुसार सबै जातजातिको सम्मान हुनुपर्ने बता्रएका छन् । कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष प्रेमपूर्ण योगि समाजको जातिय विभेदनको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । कार्यक्रममा योगिहरुको सहभागिता रहेको थियो ।

१५ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech