कौशिल्या अस्पताल प्रालीले ग¥यो रत्नाको स्वास्थ्य बिमा र सहयोग

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको कौशिल्या अस्पताल प्रालीले बुधबार बैजनाथ गाउँपालिका २ पितमारी की रत्ना नेपालीको उपचारका लागी स्वास्थ्य विमा गरेको छ । अस्पतालका प्रबन्धक राम प्रसाद न्यौपाने रत्नाकै घरमा पुगेर उनको उपचारका लागी स्वास्थ्य विमा र छोरीछोरीका लागी शैक्षिक सामाग्री सहयोग गरेका हुन । साथै उनले आफ्नो अस्पतालले पनि रत्नालाई निशुल्क उपचार गर्ने र उनका छोरीछोरीको शिक्षामा सहयोग गर्ने बताए ।
केहीदिन अघि आर्थिक अभावका कारण रत्नाका छोरीछोरीको पढाई प्रभावित भएको समाचार संचार माध्यममा आएको खबरले आफुलाई दुखी बनाएको बताउ्रँदै सहयोग गर्नुपर्छ भन्ने भावना जागृत भएकोले सहयोग गरेको बताए । विभिन्न समयमा सामाजिक कार्य गर्दै आएको सो अस्पतालले रत्नाका छोरीछोरीको पढाईमा पनि सक्दो सहयोग गर्ने जनाएको छ ।
त्यस्तै यस अघि रत्ना नेपालीको परिवारलाई राप्तीसोनारी गाउँपालिका वडा न ९ की सामाजिक विकास सहजकर्ता हरिता वली पत्रकार प्रेम विश्वकर्माको सुस्मिता लामा , शंकर न्यौपाने लोकेन्द्र बि.क दानियल बोहरा लगायत ख्रिसिटियन विद्यार्थी संगती नेपालगजले तथा टोपराज जैसी पनि रत्नाका छोराछोरीलाई कापीकलम तथा शैक्षिक सामाग्रीहरु तथा नगद सहयोग गरेका छन ।

१५ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech