बागेश्वरी सिङिङ्ग आईडलमा खजुरा अडिसनबाट २४ जना छनौट

पिपलबाेट संवाददाता


राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको बागेश्वरी सिङिङ्ग आईडल अन्तरगत खजुरा अडिसनबाट २४ जना दोस्रो राउण्डका लागी छनौट भएका छन । बुधबार ज्ञनोदय मा.वि खजुरामा भएको अडिसनमा सहभागी भएका करिब १४वटा विद्यालयका दोस्रो राउण्डका लागी छनौट भएका हुन । लोक तथा दोहोरी गायक अमन वली, आधुनिक गायक कण्ठेश्वर न्यौपाने र गायिका रेश्मा सेन्चुरीको टिमले निर्णायकको भुमिका निर्वाह गरेका थिए । ं यस अघि कोहलपुरमा सम्पन्न भएको पहिलो अडिसनमा ७० जना दोस्रो राउण्डमा प्रवेश गरेका छन । राप्तीसोनारीमा १९ जना दोस्रो राउण्डका लागी छनौट भईसकेका छन । यसपछि जेठ १८ गते बैजनाथको प्रभात मा. विमा पहिलो अडिसन संचालन गरिने आईडल संयोजक ओम शर्माले जानकारी दिए । आईडलमा प्रथम हुनेले रु ५० हजार र एल्वममा गाउने अवसर द्धितिय हुनेले ३० र एल्वममा गाउने अवसर तृतिय २० हजार र एल्वममा गाउने अवसर हुनेले हजार प्राप्त गर्नेछन ।

१५ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech