कविता प्रतियोगितामा डा. आचार्य प्रथम

पिपलबाेट संवाददाता


गणतन्त्र दिवसको अवसरमा कोहलपुर नगरपालिकाले आयोजना गरेको ‘गणतन्त्र र कोहलपुरको समृद्वि’ सम्बन्धि आयोजना गरेको कविता प्रतियोगितामा डा. देवेन्द्र आचार्य प्रथम भएका छन् । नेपालगञ्ज मेडिकल शिक्षण अस्पतालमा कार्यरत डा. देवेन्द्र आचार्य प्रथम हुँदै सात हजार नगद राशि प्राप्त गर्न सफल भएका हुन् । त्यस्तै प्रतियोगिताको द्वितीय केशव शाही ‘निमेष’ र तृतीय यायावर हुँदै क्रमशः ५हजार र तीन हजार पुरस्कार राशित सहित प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा २९ जना कविहरुले सहभागिता जनाएका थिए भने साहित्यकारह्ररुले आफ्नो कविता मार्फत कोहलपुरको समृद्विका सम्भावनाहरुको कविता मार्फत चर्चा गरेका थिए । त्यस्तै कोहलपुर नगरपालिकाले गणतन्त्र दिवसको अवसर पारी ब्याटम्यान्टन प्रतियोगिा पनि सम्पन्न गरेको छ । प्रतियोगितामा निराज भट्टराई र यूवाराज थापाको टिम प्रथम भएकोछ भने द्वितीयमा नवराज जोशि र नारायण पोडेललेको टिम र तृतीयमा मनोज लामिछाने र उतम ढुङ्गानाको टिम विजय भएको छ । विजय भएको प्रतियोगिहरुलाई पुरस्कार वितरण कोहलपुर नगरपालिकका नगर प्रमुख लुट बहादुर रावतले गरेका थिए । कार्यक्रममा बोल्दै मेयर रावतले कोहलपुरलाई खेलकुद र साहित्यको क्षेत्रमा सक्षम बनाउनका लागि स्थानिय सरकार लागि परेको बता्रएका छन् । साथै उनले खेल र साहित्यले समाजको विकासमा मह्रत्वपूर्ण भूमिका रहने भन्दै कोहलपुर नगरपालिका खेल र साहित्य क्षेत्रको विकासका लागि सबैसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । कार्यक्रममा साहित्यकार र खेलाडिह्ररुको सहयोगिता रहेको थियो ।

१६ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech