बाँकेको कोहलपुरमा ५ नं. प्र्रदेश प्रहरी कार्यालयद्वारा प्रकाशित लागु औषध बुलेटिन बिमोचन गरिएको छ । ‘सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५ नं. प्र्रदेश प्रहरी कार्यालयद्वारा प्रकाशित लागु औषध बुलेटिनको बिमोचन बाँके जिल्ला प्रमुख अधिकारी मदन भुजेलले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अधिकारी भुजेलले लागु औषधको कारोबार बाँके जिल्लामा सबै भन्दा बढि भइृरहेको बताएका छन् । विशेष गरी बाँके जिल्ला भारतसँगको खुल्ला सिमानाका कारण लागु औषधको कारोबार बढिरहेको बताएका छन् । साथै उनले लागु औषधमा १५ वर्षदेखि २० वर्षका बालबालिका धेरै फसिरहेको बताउँदै आफ्नो बालबालिकाहरुको विशेष ख्याल अभिभावकहरुले गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै ५ नं. प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले प्रदेश प्रहरी कार्यालयले लागु औषध नियन्त्रण गर्नका लागि बुलेटिन प्रकाशनको थालनि गरेको बताउँदै बुलेटिनबाट लागु औषध नियन्त्रण गर्न सहयोग पुग्ने उद्देश्यका साथ प्रकाशित गरिएको बताएका छन् । साथै उनले लागु औषधको सेवनबाट समाजबाट बहिष्कार हुने, धन र स्वास्थ्यको नास हुने भन्दै लागु औषधले जीवनलाई नकरात्मक सोचको विकास गर्ने बताएका छन् । कार्यक्रममा बोल्दै बाँके जिल्ला प्रहरी प्रमुख अरुण पौडेलले पछिल्लो समय बाँकेका लागु औषधका घटनाहरु केहि कमि आएको बताएका छन् । पौडेलका अनुसार जिल्ला कारागारमा कैदि जीवन बिताईरहेका मध्ये ४५ प्रतिशत कैदीबन्दीहरु लागु औषधकै मुद्वामा परहेको तथ्याङ्कले बताएको छ । लागु औषधलाई न्यूनिकरण गर्नका लागि आम जनता, शिक्षा प्रेमी, सरकारी निकाय, जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहकार्य आवश्यक रहेको बताउँदै बाँके प्रहरी लागु औषधलाई न्यूनिकरण गर्नका लागि सबैसँग सहकार्य गरी गाउँगाउँमा सचेतना मूलक कार्यक्रमहरु गर्दै आईरहेको बताएका छन् । कार्यक्रममा कोहलपुर ईलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश बहादुर सिंह, समाजसेवि, विभिन्न संघ संस्थाका प्रतिनिधि, शिक्षक, विद्यार्थी लगायत शसस्त्र दगां नियन्त्रण गण खजुराका प्रमुख एसपी विर बहादुर ओली, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रमेश बहादुर सिंह, लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जका प्रमुख विर बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।