संस्थागत विद्यालय बन्द हुने

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकामा सञ्चालित संस्थागत विद्यालयहरु चर्को गर्मीका कारण बन्द गरिने भएको छ । कोहलपु–बैजनाग क्रिया, प्याब्सन, एन–प्याब्सनमा आवद्व विद्यालयहरुले संयुक्त रुपमा जेष्ठ १९ गतेदेखि २४ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । चर्को गर्मीले विद्यार्थीहरु प्रभावित भएको भन्दै सबै संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको क्रिसाका अध्यक्ष दिनेश सिग्देलले बताएका छन् । बालबालिकाको स्वास्थ्यमा ध्यान दिँदै विद्यालय बन्द गर्ने निर्णय गरेको र उक्त विदा वर्षे विदाबाट कटौति गरिने प्याब्सन कोहलपुरका अध्यक्ष यम रावतले बताएका छन् ।

१६ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech