जनता मा.वि मा स्वागत तथा विदाई

पिपलबाेट संवाददाता


बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं ९ बैजनाथपुर स्थित जनता माध्यामिक विद्यालयमा बिहीबार स्वागत तथा विदाई कार्यक्रम समपन्न्न भएको छ । डोटीबाट सरुवा भई आएका शिक्षक भम बहादुर डाँगीलाई स्वागत गरिएको छ । भने विद्यालयबाट सरुवा भई कोहलपुर नगरपालिका–१३ सिमरीमा सरुवा भई गएका शिक्षक डिल बहादुर खत्रीलाई विदाई गरिएको छ । खत्रीलाई विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , जनप्रतिनिधि,शिक्षक तथा विद्यार्थीहरुलले खादा लगाएर मायाको चिनो प्रदान गरेर विदाई गरेका थिए । त्यस्तै डाँगीलाई फुलमाला तथा टिका लगाएर स्वागत गरिएको थियो ।
कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं ९ की वडासदस्य कार्यपालिका सदस्य मिना विष्टले विद्यालयको शैक्षिक विकासमा अमुल्य योगदान दिएको भन्दै शिक्षक खत्रीलाई धन्यवाद दिएकी थिइन भने सरुवा भई आएका शिक्षक डागीले आफ्नो गाउँठाउँको विद्यालयको शैक्षिक विकासमा विशेष योगदान दिनुपर्ने बताईन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पत्रसिह के.सीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विद्यालयका पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सल्लाहकार दल बहादुर खड्का शिक्षा सिमिति सदस्य लाल कुमारी डाँगी, झिझरी बागेसाल सिचाई आयोजनाका अध्यक्ष डम्बर शाही, विद्यालयका सल्लाहकार चन्द्र बहादुर थारु, विर बहादुर वली लगायतको सहभागीता रहेको थियो

१६ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech