सेवाले ल्याएयो सुपथ मुल्यमा आर्कषण घर

पिपलबाेट संवाददाता


दुःखको आम्दानी घरमा लगानी थोरै पैसामा नै बनौं घर धनी भन्ने नाराका साथ सेवा होम्स प्रा.लि.कोहलपुर नगरपालिकामा आफनो सेवा सुचारु गरेको छ । कोहलपुर नगरपालिका वडा नं. ३ मैटहवामा सेवा होम्स प्रालिले विभिन्न किसिमका घर निर्माण गरेर बेचविखन गर्ने सुरु गरेको गरेको छ । यस कम्पनीले बातावरण मैत्री आवास, गर्मी र चिसोवाट जोगाउन प्यासिभ सोलार डिजाईन तथा योजना ,खुल्ला हरिया क्षेत्र फराकिलो नाला सहितको वाटो ,खानेपानी र विद्युतको उचित व्यवस्थापन , खुल्ला पार्किङ सहितको सेवा सुविधा सहितको सेवा प्रालिले दिदै आएको छ । कम्पनिले एक वेडरुम घर लाई रु १६,००,०००देखि,दुई वेहरुम घरलाई रु २०,००,०००देखि तिन वेडरुम घरलाई रु २६,००,०००देखिको मुल्य पर्ने गरेको छ त्यहि अनुसार निर्माण गदै आएको छ । कम्पनिले विभिन्न घरहरुको बुकिङहरु खुल्ला गरेको छ । बुकिङ कताले सवै भन्दा पहिला १० प्रतिशत रकम जम्मा गर्नु पर्ने ,३० प्रतिशत जग्गा पास वा घर निर्माण भएपछि बुझाउनु पर्ने र वाकी ६० प्रतिशत किस्ताको रुपमा बैंक माफत बुझाउन सक्ने सेवा प्रालिका भुपेन्द्र सिंह ठकुरीले वताए । बैंकले २५ वर्ष सम्मको किस्ता दिने गरेको समेत ठकुरीले जानकारी दिए । कोठा भाडामा बुझाउने पैसाले घरको किस्ता बुझाउन सकिने ठकुरीले वताए । प्रालिले कोहलपुर नगरपालिकामा ३.६९ विगाहा जमिनमा हाउजिङ सेवा सुचारु गरेको छ । त्यस मध्य ५.५ कठ्ठामा ग्रीन स्पेस वनाएको ठकुरीले जानकारी दिए ।

१७ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech