काँग्रेसका केन्द्र्रीय नेता कोहलपुर आउँदै

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसका केन्द्रीय नेताहरु कोहलपुर आउने भएका छन् । हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अन्तर्गत नेपाल विद्यार्थी संघ बाँकेले यहि २० गते कोहलपुरको चौराहमा आयोजना गर्न लागेको बृहत आम सभा प्रमुख अतिथिका रुपमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एन.पि. साउद, नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, प्रदिप पौडेल, डा. डिल्ला संग्र्रौला लगायतका नेताहरुको सहभागिता रहने नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण प्रसाद आचार्यले जानकारी दिएका छन् । अध्यक्ष आचार्यका अनुसार वर्तमान सरकारका भ्रष्टचार, मंहगि, निर्मला पन्त प्रकरण, प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, चिकित्सा शिक्षा, बौद्विक समुदायका प्रति अबौद्विक टिप्पणीहरुका विरुद्व बृहत सभाको आयोजना गरिएको बताएका छन् । साथै सोहि कार्यक्रममा सहिद चोक बहादुर खत्री र जागेश्वरी थारुको १७ औं स्मृति सभा पनि सम्पन्न गरिने जनाईएको छ । स्मृति सभामा सहिदहरुको नाममा अक्षयकोष स्थापना हुने अध्यक्ष आचार्यले जनाएका छन् । कार्यक्रमलाई सफल बनाउन सबैले साथ दिन अनुरोध समेत गरेका छन् ।

१८ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech