नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिको निर्वाचन सम्पन्न भएको लामो समय पछि कार्य समितिले पूर्णता पाएको छ । नेपाली काँग्रेस नगर कार्यसमिति कोहलपुर शनिबार बसेको कार्य समितिको बैठकले पदाधिकारीहरुमा मनोनित गरेको छ । बैठकले नेपाली कांग्रेस कोहलपुर नगरकार्यसमितिको उपसभापतिमा गोविन्द आचार्य, सचिवमा सुशील सापकोटा, सहसचिवमा गंगा सापकोटा र प्रवक्तामा यज्ञ महरा मनोनितलाई मनोनित गरिएको नगर सचिव भूम बहादुर भणडरीले बताएका छन् ।
१८ जेष्ठ २०७६ मा प्रकाशित