बैजनाथ अडिसनबाट बागेश्वरी सिङिङ्ग आईडलमा ३२ जना छनौट

पिपलबाेट संवाददाता


राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको बागेश्वरी सिङिङ्ग आईडल अन्तरगत बैजनाथ अडिसनबाट ३२ जना दोस्रो राउण्डका लागी छनौट भएका छन । शनिबार प्रभात मा.वि बैजनाथमा भएको अडिसनमा सहभागी भएका करिब १३ वटा विद्यालयबाट सहभागीता जनाएका ६० जना मध्ये दोस्रो राउण्डका लागी ३२ जना छनौट भएका हुन । अडिसनमा लोक तथा दोहोरी गायक अमन वली, आधुनिक गायक कण्ठेश्वर न्यौपाने र गायिका तथा साहित्यकार देवकी निरौला टिमले निर्णायकको भुमिका निर्वाह गरेका थिए ।,
अडिसन राण्उडको उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रभात मा.विका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सुनारले अडिसनले बालबालिकाहरुको क्षमता प्रस्फुटन गर्न सहयोग पुग्ने बताउदै अडिसन स्वागत योग्य रहेको र आफुले सक्दो सहयोग गर्ने बताए ।
।यस अघि कोहलपुरमा सम्पन्न भएको पहिलो अडिसनमा ७० जना दोस्रो राउण्डमा प्रवेश गरेका छन । राप्तीसोनारीमा १९ जना दोस्रो राउण्डका लागी छनौट भईसकेका भने खजुरा अडिसनबाट २४ जना छनौटमा पेरेका छन । आईडलमा प्रथम हुनेले रु ५० हजार र एल्वममा गाउने अवसर द्धितिय हुनेले ३० र एल्वममा गाउने अवसर तृतिय २० हजार र एल्वममा गाउने अवसर हुनेले हजार प्राप्त गर्ने आईडल संयोजक ओम शर्माले जानकारी दिए ।

१८ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech