बृहत सभाको तयारी पुराः अध्यक्ष आचार्य

पिपलबाेट संवाददाता


नेपाल विद्यार्थी संघ बाँकेले आयोजना गर्न लागेको बृहत सभाको सम्पूर्ण तयारी पुरा भएको नेपाल विद्यार्थी स्रंघ बाँके अध्यक्ष पूर्ण प्रसाद आचार्यले बताएका छन् । हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अन्तर्गत नेपाल विद्यार्थी संघ बाँकेले २० गते (भोलि) कोहलपुरको चौराहमा आयोजना गर्न लागेको बृहत आम सभाका बारेमा आईतबार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष आचार्यले सभाका लागि आवश्यक सम्पूर्ण तयारी भएको जनाएका छन् । नेपाली काँग्रेसले सञ्चालन गर्ने गाउँ जागरण कार्यक्रम अन्तर्गत नेपाल विद्यार्थी संघले वर्तमान सरकारका भ्रष्टचार, मंहगि, निर्मला पन्त प्रकरण, प्रेस स्वतन्त्रता माथि बढेको हस्तक्षेप, चिकित्सा शिक्षा, बौद्विक समुदायका प्रति अबौद्विक टिप्पणीहरुका विरुद्व बृहत सभाको आयोजना गरिएको अध्यक्ष आचार्यले बताएका छन् । उक्त सभामा प्रमुख अतिथिका रुपमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एन.पि. साउद सहित अन्य यूवा नेताहरु नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, गगन थापा, प्रदिप पौडेल, डा. डिल्ला संग्र्रौला लगायतका नेताहरुको सहभागिता रहने बताएका छन् ।
साथै सोहि कार्यक्रममा सहिद चोक बहादुर खत्री र जागेश्वरी थारुको १७ औं स्मृति सभा पनि सम्पन्न गरिने जनाईएको छ । जागेश्वरी थारुको नामममा कोहलपुर–१४ मा रहेको राम माविमा एक लाख बराबारको अक्षयकोष र चोक बहादुर खत्रीको नाममा कोहलपुर–१० मा रहेको त्रिभुवन माविमा एक लाख बराबारको अक्षयकोष स्थापना गरिने आचार्यले जानकारी दिएका छन् । कार्यक्रमलाई भव्य र सव्य रुपमा सम्पन्न गरिदिनका लागि नेपाली काँग्रेसका जिल्ला तह, क्षेत्रिय र स्थानिय नेता तथा कार्यकर्ता लगायत आम सर्वसाधारण जनतालाई हार्दिक अनुरोध गरेका छन् ।

१९ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech