सिकलसेल एनेमिया शिविरमा साढे ४ सय जनाको रगत संकलन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा सिकलसेल एनेमिया ईलेक्ट्रोफोरेसि रक्त परिक्षण शिविरमा ४ सय ४४ जनाको रगत संकलन गरिएको छ । कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजना तथा बागेश्वरी डाइनोस्टिक सेन्टर नेपालगञ्जको व्यवास्थापनमा जेष्ठ ८ गतेबाट सुरुभएको रगत संकलन आईतबार सम्पन्न गरिएको छ । कोहलपुर नगरपालिका भित्र रहेका जनता मावि, सगरमाथा ज्ञानपुञ्ज मावि, लक्ष्मी मािव बद्र्वहवा, सिद्वार्थ आधारभूत विद्यालय रझेना, त्रिभवन मावि, ज्ञान ज्योति मावि चप्परगौडी , नेपाल राष्ट्रिय मावि खड्कवार, नेपाल आधारभूत विद्यालय चटार र राम मावि हवलारपुरमा सिकलसेल एनेमिया ईलेक्ट्रोफोरेसि रक्त परिक्षण शिविरमा साढे चार सयको रगत संकलन गरिएको कोहलपुर नगर स्वास्थ्य शाखाका उपसंयोजक विद्यासागर मैनालीले बताएका छन् । कोहलपुर नगरपालिकामा गत वर्ष सिकलसेल एनेमिया रोगका लागि १३ सय ५२ जनालाई गरिएको रगत परिक्षणबाट १ सय ५२ मानिस संक्रमित रहेको तथ्यांकले जनाएको छ भने यस वर्ष १ सय ५२ जना विद्यार्थीका परिवारको सदस्य सहित ४ सय ४४ जनाको रगत परिक्षण गरिएको मैलालीले जनाकारी दिएका छन् । ‘रगतको रिर्पोट आउन एक हप्ता लाग्छ’ उनले भने ‘रिर्पोट आएपछि मात्र सिकलसेल एनेमिया रोगका विरामी कोहलपुर नगरपालिका भित्र कति छन् भनेर ।’ सिकलसेल एनेमिया रोगको रगत संकलनसँगै थारु बालबालिका तथा अभिभावकहरुलाई जेनेटिक काउन्सिलिङ कार्यक्रम सम्पन्न गरिएको छ । सिकलसेल रोग देखा परेका सबै विद्यायलका १ सय ५२ जना विद्यार्थीका र अभिभावकहरुलाई सिकलसेल एनेमिया रोग सम्बन्धि थारु बालबालिका तथा अभिभावकहरुलाई जेनेटिक काउन्सिलिङ कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा डा. हेमन्त चौधरीले सिकलसेल रोगको परिचाय, लक्ष्मणहरुका बारेमा जानकारी दिएका थिए । विशेष गरी थारु जातिमा लाग्ने यो रोग एक प्रकारको वंशनुगत रोग भएको बताउँदै आमा र बुवा दुवैमा यो रोगको जीन भएमा वा दुई मध्ये एक जनामा भए पनि यो रागे बच्चामा सर्न पनि सक्ने र नसर्न पनि सक्ने बताएका छन् ।

१९ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech