कोहलपुर काँग्र्रेसद्वारा भोलि जागरण अभियान हुने

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले भोलि (मंगलबार) पार्टी कार्यालयमा जागरण अभियान सञ्चालन ग र्ने भएको छ । नेपाली काँग्र्रेसको राष्ट्रिय अभियान अन्तर्गत गाउँ जागरण अभियान नेपाली काँग्रेस कोहलपुर नगरपालिकाले भोलि दिउँसो ३ बजे पार्टी कार्यालयमा गर्न लागेको नेपाली काँग्रेस कोहलपुर नगर कार्य समिति पार्टी प्रवक्ता यज्ञ बहादुर महराले जानकारी दिएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदको प्रमुख आथित्यतामा सम्पन्न हुने गाउँ जागरण कार्यक्रममा सबैको सक्रिय सहभागिताका लागि प्रवक्ता महराले अनुरोध गरेका छन् । सो जागरण अभियानमा दशेको वर्तमान अवस्था, पार्टीको भूमिका र वर्तमान सरकारका कार्यशैलिका बारेमा बृहत छलफल हुने प्रवक्ता महराले जानकारी दिएका छन् । साथै उनले कार्यक्रममा नेपाली काँग्रेसमा आवद्व सम्पूर्णलाई सहभागिताका लागि अनुरोध गरेका छन् ।

२० जेष्ठ २०७६ मा प्रकाशित
Nabintech