फेरी कम्युनिष्टका विरुद्व काँग्रेसको संघर्ष ः थापा

पिपलबाेट संवाददाता


नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेपाली काँग्रेसले कम्युनिष्टका विरुद्व संघर्ष गर्नुपर्ने अवस्था आएको बताएका छन् । बाँकेको कोहलपुरमा सम्पन्न भएको नेपाल विद्यार्थी संघ बाँकेले आयोजना गरेको हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अन्तर्गत बृहत सहिद स्मृति सभा तथा अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै नेता थापाले जनताको भावना अनुसार वर्तमान सरकारले काम नगरेको र जनताका अधिकारलाई कुण्ठित गरेकाले नेपाली काँग्र्रेसले फेरी पनि कम्युनिष्टका विरुद्व संघर्ष गनु्र्रपर्ने्र बताएका छन् । साथै उनले नेपाली काँग्रेसको शक्ति जनता नै भएको बताएका छन् । साथै उनले जनताकै साथमा रहेर नेपालमा फेरी एक पटक काँग्रेसले कम्युनिष्टका विरुद्व संघर्ष गर्नुपर्ने अवस्था आएको बताएका छन् । वर्तमान सरकारका प्रधानमन्त्री केपि शर्मा ओलिको सोचाई माथि नै खोट रहेको बताउँदै प्रधानमन्त्रीले गर्ने कार्यलाई सहज बनाउन नेपाली काँगेसले रचनात्मक विपक्षको भूमिका खेलिरहेको बताएका छन् । नेपाली काँग्रेसकै नेतृत्वमा नेपालमा धेरै परितर्वन भएको स्मरण गाउँदै लामो संघर्षबाट प्राप्त भएको उपलब्धीहरुको रक्षा गर्न सबैलाई आग्रह गरेका छन् । ‘सरकारका पछिल्ला गतिविधिहरुले अन्य शक्तिहरु सक्रिय भईरहेका छन्’ उनले भने ‘धर्म, जात र अन्य कुनै पक्षको नाममा अहिलेको गणतन्त्र र लोकतन्त्रीक शासन व्यवस्थालाई विफल बनाउन सरकार लागि परहेको छ ।’ साथै उनले प्रधानमन्त्रीलाई संघितयता मनै नपरेको बताउँदै संघियता खतरामा रहेको बताएका छन् ।

२० जेष्ठ २०७६ मा प्रकाशित
Nabintech