नेपाली काँग्रेस कोहलपुर नगरका कार्यकर्ताहरुले नेपाली काँग्रेसका नेताहरु एक हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले मंगलबार पार्टी कार्यालयमा जागरण अभियानमा अंधिकांश कार्यकर्ताहरुले पार्टीका केन्द्रीय नेताहरु नै एक हुन आवश्यक रहेको बताएका छन् । नेपाली काँग्र्रेसको राष्ट्रिय अभियान अन्तर्गत गाउँ जागरण अभियान नेपाली काँग्रेस कोहलपुर नगरपालिकाले मंगलबार पार्टी कार्यालयमा गरेको कार्यक्रममा बोल्दै कोहलपुर काँग्रेसका कार्यकर्ताहरुले नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदसँग केन्द्रिय नेताहरुको आत्मियता मिल्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस कोहलपुरका नेता नारायण सिग्देल, नारायण गौडेल, यूवराज पौडेल, मिना सिग्देल, नर बहादुर मल्ल, नम बहादुर आले, पूर्ण प्रसाद आचार्य, राजेनद्र श्रेष्ठ, टेक नारायण भुसाल, विरेन्द्र शाह, केश कुमारी भण्डारी, ओमप्रकाश बनार्वल, यम बहादुर गैरे, निम बहादुर चलाउने लगायतका नेताहरुले पार्टीका केन्द्रीय नेताहरुको व्यवाहार परिवर्तन आवश्यक रहेको बताएका छन् । साथै उनीहरुले नेपाली काँग्रेसको अनुशासन समितिले सत्य तथ्यका आधारमा मात्र निर्वाचनमा असहयोग गरेका कार्यकर्ताहरुलाई कारवाही गर्न माग गरेका छन् । स्थानिय, प्रदेश र संघिय निर्वाचिनमा काँग्रेसका उम्मेद्वारलाई असहयोग गरेको भनि कारर्वाहीको सिफारीस गरेको भन्दै उनीहरुले आवश्यक प्रमाण सहितको मात्र कारर्वाहि गर्न केन्द्रीय सदस्यलाई चेतवानी दिएका छन् । पार्टी भित्र अनावश्यक विषयलाई समावेश गरिएको बताउँदै कतिपयले आम माफि दिनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली काँग्रेसका उम्मेद्वारहरु पराजय हुनुका कारणहरु काँग्रेस केन्द्रीय कार्य समितिले खोजिरहेको बताएका छन् । साथै उनले पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरणमा उर्जा थपिरहेको बताउँदै पार्टीका नेता तथा कार्यकर्ताहरु निराश हुने अवस्था नरहको बता्रएका छन् । नेपाली काँग्रेसले सरकारका गलत क्रियाकलापको विरोधमा आम जनतालाई जानकारी दिनका लागि जागरण अभियान गर्रिएको बताउँदै काँग्रेसमा नयाँ थप उर्जा थपिएको बताएका छन् । वर्तमान सरकारले जनताको भावना अनुसार काम गर्न नसकेको बताउँदै सरकारलाई सही बाटोमा हिड्नका लागि काँगे्रस रचनात्मक भूमिका खेलिरहेको बताएका छन् । नेपाली काँग्रेस बाँके पार्टी सभापति किरण कोइरालाले लोककल्याणकारी राज्यले जनताका भावनाह्ररुलाई आत्मासाथ गरिनुपर्नेमा वर्तमान सरकारले जनताका भावना विपरित कार्य गरिरहेको बताउँदै सरकारका विरुद्व काँग्रेस एक भएर संघर्ष गर्नुपर्ने बताईन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कोहलपुर नगरकार्य समितिका सभापति बलाराम शर्मा्रले पार्टी भित्रको अन्तरद्व्रन्द्व अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । त्यस्तै नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले जागरण अभियान अन्तर्गन भएको कामका बारे प्र्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाली काँग्रेस कोहलपुर नगर कार्य समिति पार्टी प्रवक्ता यज्ञ बहादुर महराले दशेको वर्तमान अवस्था, पार्टीको भूमिका र वर्तमान सरकारका कार्यशैलिका बारेमा बृहत छलफल भएको जानकारी दिएका छन् ।