वडा अध्यक्ष चलाउने गरे खेलकुद सामग्री हस्तान्तरण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष निम बहादुर चलाउने निरजले खेलकुद सामग्री हस्तान्तरण गरेका छन् । कोहलपुर रेसिङ्ग साहारा क्लबले आयोजना गरेको खेल सामाग्री वितरण तथा सम्मान कार्यक्रममा रेसिङ्ग साहारा क्लबलाई अध्यक्ष चलाउनेले जर्सी र फुटबल हस्तान्तरण गरेका ह्न । कार्यक्रममा बोल्दै अध्यक्ष चलाउनेले राष्ट्र र स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताउँदै खेलकुद क्षेत्रको विकासका लागि स्थानिय सरकारले विशेष जोड दिनुपर्ने बताएका छन् । साथै उनले कोहलपुर रेसिङ्ग साहारा क्लबले स्थानिय सरकारसँग सहकार्य गरी कोहलपुरलाई खेलकुद क्षेत्रको हबका रुपमा विकास गर्नुपर्ने भन्दै स्थानिय सरकारले आफ्नो नीति तथा कार्यक्रममा खेलकुदलाई प्राथमिकता दिने बताएका छन् । अध्यक्ष चलाउनेका अनुसार नयाँ–नयाँ खेलाडिहरुलाई खेलप्रति आकर्षित गर्नका लागि खेलसामाग्री उपलब्ध गराएको बताउँदै खेलाडिहरुको मनोभावना उच्च बनाउनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेकपा कोहलपुर अध्यक्ष बसन्ती अधिकारीले कोहलपुर नगरपालिकाले कोहलपुर रेसिङ्ग साहारा क्लबलाई प्राथमिकता दिएर विभिन्न खेलसँग सम्बन्धित कार्यहरु गर्न अनुरोध गरेकी छिन् । साथै स्थानिय स्तरबाट खेलाडि उत्पादन गर्नका लागि क्लबहरुको महत्वपूर्ण भूमिका हुने भन्दै स्थानिय सरकारसँग क्लबलाई आवश्यक सहयोग गर्नका लागि पहल गर्ने प्रतिवद्वता समेत जानएकी छिन् । कार्यक्रममा बोल्दै कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष यज्ञ बहादुर महराले स्थानिय तहमा जनप्रनितिधिहरु निर्वाचित भई आईसके पछि कोलहपुर रेसिङ्ग साहारा क्लबसँग कुनै पनि सहकार्य नगरेको भन्दै स्थानिय सरकारले क्लबसँग सहकार्य गरी विभिन्न प्रतियोगिताहरु आयोजना गर्न सकिने बताएका छन् । साथै उनले कोहलपुर रेसिङ्ग साहारा क्लबले केहि समय भित्र एक लाखको अक्षय कोष स्थापना गरी उत्कृष्ट खेलाडीको अध्ययन खर्चको व्यवस्था गर्ने लक्ष्य लिएको बताएका छन् । कार्यक्रममा बोल्दै अखिल नेपाल फुटबल संघ बाँकेका अध्यक्ष भोजराज शाहीले कोहलपुर क्षेत्रको फुटबलको विकासमा क्लबको महत्वपूर्ण योगदान रहेको भन्दै क्लबलाई सबैले सहयोग गर्न अनुरोध गरेका छन् । कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विष्णु तिवारी, सिद्विविनायक सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण राना, नेपाली काँग्रेस वडा नं. २ का वडा सभापति झुलाल सुनार, क्लबका संस्थापक अध्यक्ष यूवराज शाही, क्लबका सल्लहाकार किशोरराज मल्लले क्लबले सामाजिक कार्यसँगै रचनात्मक कार्य गर्नुपर्ने सुझाव दिएका छन् भने क्लबले कोहलपुर खेलकुद क्षेत्रमा नयाँ आयाम थप्नुपर्ने बताएका छन् । कार्यक्रममा कोहलपुर रेसिङ्ग साहारा क्लबले अखिल नेपाल पुटबल संघ बाँके अध्यक्ष भोज राज शाही, क्लबका संस्थापक अध्यक्ष यूवराज शाही, पूर्व अध्यक्ष अंगत मल्ल, पूर्व खेलाडि रोशन गुरुङ्ग, काशी अधिकारी, लोकेन्द्र गुरुङ्ग, यूवा उद्यमी प्रेम प्रकाश मल्ल, पवन पुनलाई सम्मान गरेको थियो । कोहलपुर रेसिङ्ग साहार क्लबका अध्यक्ष यज्ञ बहादुर महराको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवि, क्लबका पदाधिकारी, खेलाडिहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य क्लबका सदस्य डिल्ली रावलले राखेका थिए ।

२७ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech