चार कोठे भवनको शिलन्यास

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर–४मा रहेको श्री हिमाल गरिब नवाज मदरसा प्रा.वि.को चार कोठे भवनको शिलन्यास गरिएको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले उक्त भवनको शिलन्यास गरेका छन् । शिलन्यास कार्यक्रममा बोल्दै स्थानिय सरकारले शिक्षालाई विशेष जोड दिएको भन्दै भौतिक पूवधारसँगै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताएका छन् । करिब ७० लाख लागतमा निर्माण हुने भवन असार मसान्तसम्म सम्पन्न सबै कार्य सम्पन्न गरिने भएको छ । गौतम निर्माण सेवाले भवन बनाउने जिम्मा लिएको छ भने समयमै भवनको काम सक्ने कोहलपुर वडा नं. ४ का वडा अध्यक्ष तिर्थराम थारुले बताएका छन् ।

२७ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech