संचारकर्मी खड्काले जेष्ठनागरिक संग मनाए जन्मोत्सव

पिपलबाेट संवाददाता


कविन्द्र परियार/कोहलपुर २९ जेठ, संचारकर्मी कोश खड्काले आफ्नो २६ औं जन्मोत्सव जेष्ठनागरिकहरु संग मनाएका छन खड्काले बुधबार कोहलपुर स्थित असाहय,अशक्त, तथा जेष्ठनागरिक सेवा केन्द्र निलसागरमा पुगेर जेष्ठनागरिकहरुलाई रामनामी खादा आढाउनुका साथै फलफुल वितरण गरेर जन्मोत्सव मनाएका हुन । उनलाई निल सागरमा स्वागत गर्दै जेष्ठनागरिक हरुले आर्शिवाद दिएका थिए । कार्यक्रममा संस्थाकी कोहलपुर शाखा संयोजक अन्जु निलसागरले संस्थाको तर्फबाट जन्मदिनको शुभकामना दिदै निलसागरमा रहेका जेष्ठ नागरिकहरुसँग जन्मोत्सव मनाएकोमा धन्यवाद व्यक्त गरेकी थिईन् । खड्कासँगै निलसागरमा पुगेकी उनकी श्रीमति देबि बुढाले संयुक्त रुपमा निसागरमा रहेका करिब १५ जना जेष्ठ नागरिकलाई फलफुल वितरण गरेका हुन् ।
राज्यको इतिहासको साक्षिका रुपमा रहेका जेष्ठ नागरिकहरुलाई सम्मान र माया गर्नुपर्ने एउटा असल नागरिकको कर्तव्य र दायित्व भएका कारण साहारा बिहिन जेष्ठ नागरिकसँग जन्मोत्सव मनाएको खड्काले बताएका छन् । साथै उनले जन्मदिनमा खर्च हुने फजुल खर्चलाई बचाएर जेष्ठ नागरिकसँगै खुसियाली मनाएको बताए । प्रर्खर उद्घोषण कलाका धनि खड्का पछिल्लो समयमा धार्मिक तथा साँस्कृतिक महोत्सवहरुमा उद्घोषण कलामा जम्ने गरेका छन् । उनी सामुदाकिय रेडियो कोहलपुर एफएमको बजर प्रबन्धकका रुपमा कार्यरत छन् ।

२९ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech