साक्षर कोहलपुर घोषण कार्यक्रमको तयारी पुरा

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकालाई शुक्रबार सम्पन्न हुने साक्षर कोहलपुर घोषण कार्यक्रम तयारी पुरा भएको जानईएको छ । कोहलपुरमा बुधबारबार कोहलपुर नगरपालिका शिक्षा , यूवा तथा खेलकुद शाखाले आयोजन गरेको साक्षर कोहलपुर नगरपालिका सम्बन्धी सरोकारवालाहरुको पूर्वतयारी बैठकमा जेष्ठ ३१ गते कोहलपुर नगरपालिकालाई साक्षर कोहलपुर घोषण गर्ने कार्यक्रमको तयारी करिब–करिब पुरा भएको कोहलपुर नगर शिक्षा शाखा प्रमुख अनन्तकुमार पौडेलले जानकारी दिएका छन् । कोहलपुर नगरपालिका भित्र ९६.४२ प्रतिशत साक्षरताको तथ्याङ्क सार्वजनिक भएसँगै कोहलपुरलाई साक्षर घोषण गरिने भएको छ भने कतिपय वडाका साक्षरता दर आई नसकेकाले कोहलपुरलाई पूर्ण साक्षरका रुपमा घोषण गर्न नसकिएको उनले बताएका छन् । कार्यक्रमलाई भव्य रुपमा सफल बनाउनका लागि कोहलपुर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयका प्रअ, शिक्षाबिद, विभिन्न राजनीतिक दलका प्रनितिधिहरुसँग बुधबार छलफल गरिएको कोहलपुर नगरपालिका सामाजिक विकास समितिकी संयोजक नारायणी वलीले जानकारि दिएकी छिन् । उनका अनुसार कोहलपुर घोषण कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि कोहलपुरका राजनीतिक दल, सम्पूर्ण जनप्रतिनिधि, समाजसेवि, बुद्धिजीवि, शिक्षा प्रेमी, उद्योगि व्यापारी लगायत आम सर्वसाधारणलाई कोहलपुर नगरपालिकाले खुल्ला आह्वान गरेका छ ।
साक्षर घोषणका १२ वटा मापदण्डमा रहेर कोहलपुर नगरपालिकालाई साक्षर कोहलपुरका रुपमा घोषण गर्न लागिएको छ । कोहलपुर नगरपालिकाको घरदुरी सर्वेक्षण गरेर ९० हजार ९ सय ५६ जनसंख्याबाट ५ हजार ६ सय ६ जना निरक्षर जनसंख्या रहेको सर्भेक्षणबाट प्राप्त भएको कोहलपुर नगर शिक्षा शाखाका दुर्गा बहादुर बास्तोलाले जनाएका छन् । उनका अनुसार कोहलपुर नगरपालिका भित्र ६.१६ प्रतिशत जनसंख्या निरक्षर भएको तथ्याङ्कक आएपछि कोहलपुर नगर शिक्षा शाखाले साक्षर कक्षा सञ्चालन पछि ३.१५ प्रतिशत जनसंख्या निरक्षर भएको छ । १५ वर्षदेखि ६० वर्ष सम्मका उमेरसमूहलाई कायम गरि नगरपालिका भित्र साक्षर जनसंख्याको सर्भेक्षण गरिएको थियो भने ६० वर्ष भन्दा माथिका निरक्षर प्रौढहरुलाई साक्षरताको अवसर र नवसाक्षरलाई निरन्तर सिकाईको अवसर स्थानिय सरकारले प्रदान गर्ने भएको छ । साक्षर कोहलपुर घोषण भएसँगै बाँके जिल्लाकै पहिलो स्थानिय तह कोहलपुर नगरापलिका साक्षर स्थानिय तहका रुपमा रहने छ ।

२९ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech