कौशिल्या अस्पतालद्वारा विपन्न र असाहय बालबालिकालाई सहयोग

पिपलबाेट संवाददाता


कोहलपुर, जेष्ठ ३० /बाँकेको कोहलपुरमा नगरपालिका—११ स्थित कौशिल्या अस्पताल प्रा.लि. विहीबार शैक्षिक सामाग्री वितरण गरेको छ । कोहलपुर नगरपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकाका विपन्न र असाहय ८ जना विद्यार्थीहरुलाई दुई सेट स्कुल डे«स, कापी, सिसाकलम, झोला वितरण गरेको छ । अस्पतालको सामाजिक उतरदायित्व अन्तर्गत विपन्न, असाहाय बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्दै कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कर्ण बहादुर थापाले अस्पताल परिवारले सामाजिक कार्यलाई जोड दिएकोमा धन्यवाद व्यक्त गर्दै विद्यार्थीहरुलाई अध्ययनमा सहज हुने विश्वास व्यक्त गरेका छन् । साथै उनले आर्थिक अवस्था कमजोर भएकै कारण पढाइ बाट कोहि पनि बञ्चिन हुन नहुने भन्दै स्थानिय सरकारले आधारभूत तह सम्म अनिवार्य र निःशूल्क शिक्षाको घोषण गरेको बताएका छन् ।

कार्यक्रममा बोल्दै कौशिल्या अस्पताल प्रा.लि.का प्रबन्धक निर्देशक राम प्रसाद न्यौपानले अस्पतालको सामाजिक उतरदायित्व अन्तर्गतको वार्षिक कार्यक्रम अन्तर्गत विपन्न र असाहाय विद्यार्थीहरुलाई केहि सहयोग होस् भने लक्ष्यका साथ शैक्षिक सामाग्री वितरण गरिएको बताएका छन् । साथै उनले ८ जना विद्यार्थीहरुको आगमी वर्षको शैक्षिक खर्च र औषधी उपचारका गरिदिने भन्दै सामाजिक कार्यलाई अस्पतालले प्राथमिकता दिएको बताएका छन् । प्रबन्धक न्यौपानेका अनुसार सामाजिक क्षेत्रमा काम गर्ने लक्ष्यका साथ शिक्षालाई पहिला प्राथमिकता दिएर बाँकेका तीन वटा स्थानिय तहका अति विपन्न र असाहाय विद्यार्थीहरुलाई सहयोग गरिएको बताएका छन् । कार्यक्रममा बोल्दै बैजनाथ गाउँपालिका वडा नं. २का वडा अध्यक्ष प्रेम बहादुर थापाले विद्यार्थीहरुलाई अस्पतालले गरेको सहयोगले उनीहरुमा अध्ययनका लागि थप उर्जा मिलेको बताउँदै विद्यार्थीहरुलाई अस्पताले वितरण गरेका सामाग्रीको सदुप्रयोग गर्नुपर्ने बताएका छन् ।
राप्तीसोनारी–२ मा रहेको दुर्गा भवानी मावि कक्षा १मा अध्ययनरत छात्रा सोनी यादव, कक्षा ३ मा अध्ययनरत छात्र सोनु यादव, कोहलपुर नगरपालिका–१ मा रहेको जनज्योति मावि कक्षा १ मा अध्ययरनत छात्रा पुष्पा बिसी, कोहलपुर–१२मा रहेको नेपाल राष्ट्रिय मावि कक्षा २ मा अध्ययनरत छात्र विपिन लुहार, बैजनाथ–२ मा रहेको जनता आर्दश मावि कक्षा ६ मा विवेक कुमार बुढा, बाल राष्ट्रिय प्राथमिकता विद्यालयका कक्षा–३ राजेश थारु र बैजनाथकै सरस्वती आधारभूत विद्यालय कक्षा ६ की आशा परियारलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । कार्यक्रममा बोल्दै अस्पतालकी निर्देशक निर्मला न्यौपानेले विद्यार्थीहरुको अध्ययनमा सहजता ल्याउनकालागि विपन्न परिवारका विद्यार्थीलाई सहयोग गरिएको बताएको छ । अस्पतालले विगतका वर्षहरुदखी सामाजिक कार्यहरु समेत गर्दै आएको छ ।

३० जेष्ठ २०७६ मा प्रकाशित
Nabintech