अटोरिक्साको कमाईले फेरिदियो वलीको जीवन

पिपलबाेट संवाददाता


कविन्द्र परियार/ कोहलपुर ३१, जेठ/ बाँकेको राप्तीसोनारी गाउँपालिका ९ खैरेनीका चेत बहादुर वली ४ वर्ष मलेशियामा बसे मलेशियामा बसेर सोचे जस्तो आम्दानी हुन नसकेपछि उनी नेपाल फर्किएर सुरुमा उनी सुरुमा के काम गर्ने भनेर अन्यौलमा थिए । त्यसपछि बजारमा अटोरिक्साको बजार राम्रो छ भन्ने सुनेपछि उनले ५ लाखमा अटोरिक्सा किनेर चलाउन थाले अटोरिक्सा चलाउन थालेपछि भने उनको जीवन फेरिएको छ । अहिले अटोरिक्साबाटै उनले मासिक ९० हजार कमाईरहेका छन । राप्तीसोनारीको ढकेरीमा पहिलो पटक अटोरिक्सा भित्रयाएका वलीले कोहलपुर ढकेरी सडकखण्डमा नियमित अटोरिक्सा चलाउन थाले ।अटोरिक्सा चलाएर उनले अहिले ४ कोठाको पक्की घर समेत बनाएका छन । त्यस्तै उनले पोल्ट्रीफर्म संचालन गरेर १५ सय कुखुरा पालन गरेका छन भने पानीपोखरी बनाएर १५ सय माछापालन समेत गरेका छन ।
साँच्चै अटोरिक्साले मेरो जीवन फेरिएको छ मैले २ वर्ष अगाडी किस्तामा किनेको अटोरिक्साकोे किस्ता समेत फाईनल गरिसकेको छु । मलेसयिामा मासिक २० हजारमा काम गरेका वलीले अहिले मासिक ९० हजार सम्म कमाई हुने गरेको छ वलीले भने , अटोरिक्सा मेरालागी वरदान सावित भएको छ यसले मेरा हरेक चाहनाहरुमा सहयोग गरेको छ थपे । भे.१ ह ९३४ नं को रातो अटोरिक्सामा मिठा गीत गुञ्जाउदै उनी विहान ५ बजे दैनिक जस्तो आफ्नो रुटमा पुग्ने गर्छन , यात्रुहरु बोकेर भन्दा सरसमानमा ढुवानीहरुमा बढी फाईदा हुने भएपछि उनले अहिले कुखुराका दाना ,कुखुरा लगायत ढुवानी गर्ने काम गर्नै बताए । धैरे मेहनती युवाका रुपमा चिनिने २८ वर्षिय वली अबको एकवर्षमा ठुलो ढुवानी गर्ने मिल्ने गाडी किन्ने सोच बनाएको बताए । ले छारीलाई निजी विद्यालयमा पढाएका छन । भने उनकी श्रीमती सुनिताले समेत उनलाई कुखुरा र माछा पालनमा सघाईरहेकी छिन । वलीले कमाई संगै बचत गर्न सकेमा मात्र कमाउनुको सार्थकता हुने बताउछन ।
मध्यपश्चिम जनसेवा यातायात प्रालीका अध्यको विश्वराज खनालले अठ अटोरिक्साले सामान्य लेखपढ गर्न जान्ने युवाहरु समेत स्वरोजगार बनेको बताए । उनले दर्ता प्रक्रिया सहज बनाई जिल्लाभर रुट परमिट आवश्यक रहेको बताउँदै लाईसेन्सको लिखित परिक्षा हटाई लाईसेन्स प्राप्त गर्न वातावरण मिलाउन स्थानीय सरकारकार आग्रह गरे । त्यस्तै उनले प्रालीले सामाजिक सेवमा समेत काम गरेको जानकारी गराउदै विगत १ वर्षमा १४ जना सर्पले डसेका विरामीलाई निशुल्क भेरीअञ्चल अस्पताल सम्म पु¥याएर ज्यान बचाउने काम गरेको बताए । त्यस्तै उनले अब बर्दियाका केही स्थानहरुमा समेत यो सेवा लागु गर्ने बताए

३१ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech