नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिका पार्टी प्रवक्ता यज्ञ बहादुर महराले पत्रकारसँग भेटघाटगरेका छन् । नेपाली काँग्रेसको कोहलपुर नगर प्रवक्ता भईसकेपछि पहिलो पटक पत्रकारसँग भेटघाट गरेका छन् । भेटघाटमा कोहलपुर नगरपालिकाका पछिल्लो गतिविधिका बारेका बोल्दै स्थानिय सरकारले जनताको भावना अनुसार काम नगरेको बताएका छन् । उनले जनप्रतिनिधिहरु निर्वाचित भईसकेपछि जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै जनताको भावना अनुसार काम गर्नुपर्ने बताएका छन् । प्रवक्ता महराका अनुसार नेपाली काँग्रेस कोहलपुर सबैसँग सहकार्य गरी कोहलपुरलाई विकास र समृद्विका बाटोमा लिन चाहेको बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकाले गर्न कार्य जनपक्षिय नभएको भन्दै जनताका आधारभूत मागलाई सम्बोधन गर्न अनुरोध गरेका छन् । नेपाली काँग्रेसको पहिलो चरणको जागरण अभियान सकिएको भन्दै पुन भदौ २५ गतेबाट पुन दोस्रोपटक गाउँ जागरण गर्ने भन्दै वर्तमान सरकारका गलत क्रियाकलाप काँग्रेसले जनताका माझ पु¥याईरहेको बताएका छन् । प्रवक्ता महराले नेपाली काँग्रेस कोहलपुरले पार्टीको संगठनलाई बलियो र सशक्त बनाउँदै जनतालाईको भावना अनुसार कार्य गराउन सरकारलाई जनदबाब दिने बताएका छन् । कार्यक्रममा नेपाली काँग्रेस नगर सचिव भूमबहादुर भण्डरी लगायत कोहलपुरका पत्रकारहरुको सहभागिता रहेको थियो ।