तीन दिने तालिम सम्पन्न

पिपलबाेट संवाददाता


बाँकेको राप्तीसोनारी–९मा तीन दिने बाख्रा, कुखुरा एवम् भैलि पालन व्यवसायि तालिम सम्पन्न भएको छ । फिल्मको सहयोग र परिलक्षित कुपण्डो ललितपुरको आयोजनामा अपाङ्ग सशक्तिकरण कार्यक्रम अन्तर्गत तीन दिने ब्राखा, कुखुरा एवम् भैसी पालन व्यवसायिक तालिक सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष महाविर वलिले स्थानिय सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिभर बनाउनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याउने प्रतिवद्वता जनाएका छन् । साथै उनले तालिमबाट सिकेका कुराहरु व्यवहारमा लागु गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै परिलक्षित कार्यक्रम फिल्ड संयोजक प्रदिप रानाले तालिमले अपाङ्गता भएका व्यक्तिहरुलाई नयाँ सोचको विकास गराएको भन्दै तालिमबाट प्राप्त ज्ञानको सहि सदुपयोग गर्नुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै तालिम प्रशिक्षक जय बहादुर कार्कीले व्यवसाय सञ्चालन गर्दाका बारेमा विभिन्न प्रक्रियाहरु पुरा गर्नुपर्ने भन्दै तालिमले व्यवसाय गर्न सहजता ल्याउने बताएका छन् । तालिममा राप्तीसोनारी गाउँपालिकाका १७ जना व्यक्तिहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सहजिकरण परिलक्षित कार्यक्रमका सामाजिक परिचालक नर बहादुर विष्ठले गरेका थिए ।

३१ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech