बाँके कोहलपुरमा जेष्ठ नागरिकहरुका लागि दुई दिने क्षमता अभिवृद्वि तालिम सम्पन्न भएको छ । सामाजिक विकास मन्त्रलाय साजिक विकास महाशाखा प्रदेश नं. ५ को सहयोग र समाज सुधार कार्यक्रम नेपालको आयोजनामा कोहलपुर नगरपालिका वडा नं. १,२,१०,११,१२ र १३ वडाका जेष्ठ नागरिकहरुका लागि दुईदिने क्षमता अभिवृद्वि तालिम सम्पन्न गरिएको छ । उक्त तालिममा बोल्दै समाज सुधार कार्यक्रम नेपालका शंकर न्यौपानेले वृद्वाहरुका लागि नेपालको संविधानले दिएको अधिकारका बारेमा प्रशिक्षण दिएका थिए ।
३१ जेष्ठ २०७६ मा प्रकाशित