बाँकेको कोहलपुर नगरपालिकालाई साक्षर नगरका रुपमा घोषणा गरिएको छ । कोहलपुरमा शुक्रबार सम्पन्न भएको एक कार्यक्रमका बिच कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले साक्षर कोहलपुर घोषण गरेका छन् । कोहलपुर नगरपालिका भित्रका ९६.८५ प्रतिशत जनसंख्या साक्षर भएपछि कोहलपुरलाई बाँकेकै पहिलो स्थानिय तहका रुपका साक्षर घोषण गरिएको छ । कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १का सांसद महेश्वर गहतराज ‘अथक’ ले शिक्षा नै सम्पूर्ण विकासको प्रमुख आधार भएकाले शिक्षाले मानिसलाई चेतनशिल बनाउने बताएका छन् । साथै उनले कोहलपुर नगरपालिकालाई साक्षर नगरका रुपमा घोषणा गरेसँगै कोहलपुर आधुनिक शहरका रुपमा विकास हुने भन्दै नगर भित्र रहेका अन्य जनतालाई पनि शिक्षाको मुलधारमा ल्याउनुपर्ने बताएका छन् । संघिय सरकारको नीति तथा कार्यक्रम र बजेटमा पनि शिक्षालाई पहिलो प्राथमिकता दिएको र स्थानिय तहले पनि शिक्षालाई विशेष ध्यान दिएर भौतिक विकाससँगै मानविय चेनताको पनि विकास आवश्यक रहेको उनले बताएका छन् ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले कोहलपुरलाई बाँके जिल्लाकै पहिलो स्थानिय तहका रुपमा साक्षर कोहलपुर घोषणा गरिएको बताउँदै नेपाल सरकारले साक्षरताका लागि तय गरेको मापदण्ड कोहलपुर नगरपालिकाले पुरा गरेकोले साक्षर कोहलपुर घोषणा गर्न सफल भएको बताएका छन् । सरकारले साक्षरताका लागि १२ वटा मापदण्डा तोकेको र ती मापदण्डबाट ५० प्रतिशत पुरा गरेको खण्डमा साक्षर घोषणा गर्न सकिने व्यवस्था भए अनुसार कोहलपुर नगरपालिकालाई साक्षर कोहलपुरका रुपमा घोषणा गरिएको बताएका छन् । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति बाँकेका अध्यक्ष अजय श्रीवास्तवले बाँके जिल्लामै पहिलो स्थानिय तहका रुपमा कोहलपुर साक्षर नगर घोषणा भएकोमा खुशि व्यक्त गर्दै जिल्ला समन्वय समितिले ५० लाख आर्थिक सहयोग गर्ने प्रतिवद्वता जनाएका छन् ।
कार्यक्रममा बोल्दै नेकपा कोहलपुर नगर सचिव तुलराज विष्ठले शिक्षाको पहुँच सबै जनतामा हुनुपर्ने भन्दै शिक्षालाई राज्यले विशेष जोड दिनुपर्ने बताएका छन् । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कोहलपुर नगर सचिव भूम बहादुर भण्डारीले साक्षर कोहलपुर घोषणा गर्दै गर्दा सबै पक्षसँग समन्वय गर्न आवश्यक रहेको बताउँदै स्थानिय सरकारले सबैसँग सहकार्य गनुपर्ने बताएका छन् ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवि, बुद्विजीवि, शिक्षक, विद्यार्थी लगायत आम सर्वसाधारणहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न सहयोग गरेकोमा सम्पूर्ण राजनीतिक दल, सम्पूर्ण जनप्रतिनिधि, समाजसेवि, बुद्धिजीवि, शिक्षा प्रेमी, उद्योगि व्यापारी लगायत आम सर्वसाधारणलाई कोहलपुर नगरपालिका सामाजिक विकास समितिकी संयोजक नारायणि वलीले धन्यवाद समेत दिएकी थिईन् ।