लागुऔषध नियन्त्रण विरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहा को संयुक्त टोलिले अवैध लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
संयुक्त प्रहरीटोलीले जमुना नाकामा चेक जाँच गर्ने क्रममा बर्दिया गेरुवा गाउपालिका वडा नं २का २६ वर्षीया सोरुव खत्रीलाई अवैध २३ ग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बाँके जिल्लामा अहिले लागुऔषध नियन्त्रणको लागी प्रहरीले आफनो चेक जाच लाई अत्यन्तै कडा वनाएको छ । यसै अनुसार शुक्रबार लागुऔषध नियन्त्रण विरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहा को संयुक्त टोलिले खत्रिले मलद्धारमा लुकाई ल्याउदै गरेको अवस्थामा विशेष सुराकीको आधारमा प्रहरीले चेक गर्दा ठुलो परिणाममा लागुऔषध ब्राउन सुगर पक्राउ गर्ने सफल भएको प्रहरी नायव उपरीक्षक विर बहादुर थापाले बताए । लागुऔषध नियन्त्रण विरो नेपालगन्जले यस आर्थिक वर्षमा अहिले सम्म ३००भन्दा बढि मानिसलाई नियन्त्रणमा लिई सकेको समेत थापाले वताए । अहिले आफुहरुले कडा रुपमा लागुऔषध नियन्त्रणको लागी सादा पोषकका धेरै प्रहरी परिचालन गरेको समेत थापाले वताए । यसरी परिचालन को साथै अहिले धेरै जसो लागुऔषध ओसार पसार कारोवारीहरु पक्राउ पर्ने गरेको बताए । यस क्षेत्रमा लागुऔषधको विकराल रुप रहेकाले जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण बिरो नेपालगन्जले संयुक्त रुपमा विभिन्न अभियाण संचालन गर्दै आएको बताए ।