डुडुवा नालामा डुबेर आचार्यको मृत्यु

पिपलबाेट संवाददाता


बाँके कोहलपुरको डुडुवा नालामा डुवेर एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–१२ चपरगौडीस्थित डुडुवा पुल नजिक पौडी खेल्ने क्रममा डुबेर कोहलपुर नगरपालिका वडा नं. २ का २८ वर्षिय मुक्ति आचार्यको निधन भएको ईलाका प्रहरी कार्यालय कोहलपुरमा प्रहरी प्रमुख रमेश बहादुर सिंहले जानकारी दिएका छन् । डुडुवा नालामा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको र बाँकी थप विवरण पोष्ट्रमार्टन रिर्पोट आएपछि मात्रा थाहा हुने उनले बताएका छन् । प्रहरी प्रमुख सिंहका अनुसार मृतक आचार्य एक्लै पौडि खेल्न गएको पाईएको छ ।

३२ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech