बागेश्वरी सिङिङ्ग आईडलको पहिलोे अडिसन सकियो

पिपलबाेट संवाददाता


कविन्द्र परियार/कोहलपुर ३२ जेठ / राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको बागेश्वरी सिङिङ्ग आईडलको पहिलो चरणको अडिसन सकिएको छ । नेपालगंज अडिसनबाट २८ जना दोस्रो राउण्डका लागी छनौट भएसगै पहिलो चरणको अडिसन सकिएको छ । शनिबार सगरमाथा इं.मी स्कुल कारकादोमा भएको अडिसनमा सहभागी भएका करिब ४३ जना सहभागी मध्ये दोस्रो राउण्डका लागी २८ जना छनौट भएका हुन । नेपालगजको अडिसनमा लोक तथा दोहोरी गायक अमन वली, आधुनिक गायक प्रमोद डि.जी र गायिका माया अधिकारीको टिमले निर्णायकको भुमिका निर्वाह गरेका थिए । ंनेपालगज अडिसन सकिए संगै आईडलको पहिलो राउण्ड सकिएको छ । यस अघि कोहलपुरमा सम्पन्न भएको पहिलो अडिसनमा ७० जना दोस्रो राउण्डमा प्रवेश गरेका छन ।
राप्तीसोनारीमा १९ जना दोस्रो राउण्डका लागी छनौट भईसकेका छन । बैजनाथको पहिलो अडिसनबाट ३२ जना दोस्रो राउण्डमा प्रवेश गरेका छन । ओम शर्माले जानकारी दिए । आईडलमा प्रथम हुनेले रु ५० हजार र एल्वममा गाउने अवसर द्धितिय हुनेले ३० र एल्वममा गाउने अवसर तृतिय २० हजार र एल्वममा गाउने अवसर प्राप्त गर्ने आईडल संयोजक ओम शर्माले जानकारी दिए ।आईडलमा संचारकर्मी कल्पना कार्कीले उद्घोषण गरिरहेकी छिन ।

३२ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech