प्राध्यापक शर्मा र चन्दद्वारा लिखित पुस्तक बिमोचन

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर रहेको बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापक एकराज शर्मा र ललित प्रकाश चन्दद्वारा लिखित चारवटा पुस्तकको बिमोचन गरिएको छ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस स्नातक तह विएक दोस्रो सेमेस्टरका चार वटा पुस्तक शनिबार क्याम्पस आयोजित एक कार्यक्रमका बिच बिमोचन गरिएको छ । प्राध्यापक एकराज शर्माद्वारा लिखित स्नातक तह विएड दोस्रो वर्षका अनिवार्य विषयहरु सिकाईका उदयिमान सिद्वान्त र पाठ्यक्रम र मूल्याङ्कन, प्राध्यापक ललित प्रकाश चन्दद्वारा लिखित
स्नातक तह विएड दोस्रो वर्षका नेपाली विषयका अनिवार्य नेपाली र एम एड प्रथम वर्षको भाषाविज्ञान विषयको बिमोचन बागेश्वरी क्याम्पस संचालक समितिका पूर्व अध्यक्ष होम प्रकाश सुवेदिले बिमोचन गरेका हुन् ।
कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष सुवेदीले पुस्तकले गुणस्तरिय शिक्षा प्रदानका लागि सहयोग पुग्ने बताएका छन् । साथै विश्वविद्यालयले तोकेको पाठ्यक्रमको आधारमा पुस्तक लेखन कार्य जटिल भएको भन्दै पुस्तकले शिक्षण सिकाई क्रियाकलापमा सहजता ल्याउने विश्वास व्यक्त गरेका छन् । कायक्रममा बोल्दै क्याम्पस प्रमुख शिशिर कुमार शर्माले क्याम्पसमा पुस्तकको अभाव भईरहेको बेला पुस्तकल लेखन गर्नुहुने प्राध्यापकहरुप्रति धन्यवाद दिँदै केहि समय भित्र आफुले पनि पुस्तक प्रकाशनमा ल्याउन लागेको बताएका छन् ।
कार्यक्रममा बोल्दै नेकपा नेता पुजन विश्वकर्मा, प्राध्यापक संघका पूर्व अध्यक्ष दान बहादुर हमाल, कर्मचारी संघका सभापति शिव रेग्मी, अनेरास्ववियू क्याम्पस इकाई अध्यक्ष हेमन्त भट्टराई, नेविसंघ क्याम्पस इकाई समितिका सभापति रामप्रसाद पाण्डेले बागेश्वरी क्याम्पस मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बनिसकेपछि पुस्तकको अभाव भईरहेको बेला प्राध्यापकहरुले प्रकाशित गरेका पुस्तकले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । साथै उनीहरुले विद्यार्थीहरुले बुझ्ने सरल भाषामा लेखिएका पुस्तकले अध्ययन र अध्ययपन गराउनमा सहजता ल्याउने विश्वास लिइएको बताएका छन् । प्राध्यापक शर्मा र चन्दले प्रकाशित गरेका पुस्तकले क्याम्पसको गुणस्तरीय शिक्षामा थप टेवा पु¥याउने बताएका छन् । पुस्तक बिमोचन कार्यक्रममा बोल्दै पुस्तक लेखक एकराज शर्माले पुस्तक लेखन कार्य जटिल भएकाले विद्यार्थीहरुको भावनालाई आत्मासाथ गरी पुस्तक प्रकाशनमा ल्याईएको बताएका छन् । साथै उनले पुस्तक प्रकाशनमा सहयोग गर्ने प्रति धन्यवाद समेत गरेका छन् । पुस्तक लेखक प्राध्यापक ललित प्रकाश चन्दले पुस्तक अभाव भएपछि पुस्तक अभावलाई केहि कम गर्नका लागि पुस्तक लेखिएको बताएका छन् ।
प्राध्यापक संघ क्याम्पसका सभापति पुरस्करनाथ रिजालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा क्याम्पसका प्राध्यापक, कर्मचारी, विभिन्न विद्यार्थी संघ, संगठनका नेताहरू लगायतको सहभागिता रहेको थियो ।

३२ जेष्ठ २०७६ मा प्रकाशित
Nabintech