४्र५ दिने आल्मूनियम फेब्रिकेटर तालिम सम्पन्न

पिपलबाेट संवाददाता


बर्दिया बाँसगाढीमा ४५ दिने आल्मूनियम फेब्रिकेटर तालिम सम्पन्न भएको छ । बाँसगाढी नगरपालिकाको आर्थिक सहयोग र कञ्चन प्राविधिक सीप विकास केन्द्र प्रा.लि.को प्राविधिक सहयोगमा आयोजित ‘बाँसगाढी नगरपलिकाबाट आर्थिक वर्ष २०७५÷०७६ मा सञ्चालित यूवा स्वरोजगार कार्यक्रम’ अन्तर्गत ४५ दिने आल्मूनियम फेब्रिकेटर तालिमको समापन गर्दै बाँसगाढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीले बाँसगाढी नगरपालिकाले विभिन्न सीप मुलक तालिमहरु प्रदान गरी यूवाहरुलाई आत्मा निर्भर बनाउने लक्ष्य लिएको बताएका छन् । साथै उनले स्थानिय सरकारले सबै क्षेत्र र वर्गका लागि तालिम दिन आवश्यक रहेको भन्दै तालिमबाट प्राप्त गरेको ज्ञान र सीपलाई आफ्नो व्यावहारिक जीवनमा लागु गर्नुपर्ने बताएका छन् । ‘४५ दिने आल्मूनियम फेब्रिकेटर तालिमबाट सिकेको कुरा व्यवहारमा लागु गर्नुपर्छ’ उनले भने ‘तालिम सिकेका यूवाहरुलाई कुनै पनि कार्य गर्नका लागि स्थानिय सरकारले सहयोग गर्ने प्रतिवद्वता जनाउँछु ।’ कार्यक्रममा बोल्दै बाँसगाढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अमर खत्रीले ४५ दिने आल्मूनियम फेब्रिकेटर तालिम उपलब्धी मुलक भएको भन्दै तालिमबाट नगरपालिका भित्र रहेको यूवाहरुलाई कसरी स्वरोजगार बनाउने भन्ने उद्देश्यका साथ विभिन्न किसिमका तालिमहरु गर्दै आईरहेको बताएका छन् । कार्यक्रममा बोल्दै बाँसगाढी नगरपालिका वडा नं. ५ का वडा सदस्य हरिप्रसाद पौडेले समाजमा सीप नहुँदा धेरै समस्या भोगिरहेको भन्दै सीप सिकाएर आत्मा निर्भर बनाउनका लागि स्थानिय सरकारले पहल गरिरहेको बताएका छन् । कार्यक्रममा बोल्दै कञ्चन प्राविधिक सीप विकास केन्द्र प्रा.लि.का प्रमुख भिम पौडेलले कञ्चन प्राविधिक सीप विकास केन्द्र प्रा.लि.ले यूवाहरुलाई विभिन्न किसिमका सीप मुलक तालिमहरु दिईरहेको भन्दै तालिममा सहभागिहरु अनुसाशित भएर सीप सिक्नुपर्ने बताए । कायएक्रममा बोल्दै तालिममा सहभागिता प्रशिक्षार्थी रामकिसुन थारुले तालिमबाट धेरै कुरा सिकेको भन्दै तालिमबाट सिकेका कुरा व्यवहारमा लागु पर्ने प्रतिवद्वता जनाएको छ । साथै उनले थप ज्ञानका लागि पुन स्थानिय सरकारले यस्ता तालिम दिनुपर्ने भन्दै उद्योग सञ्चालनका लागि पनि आवश्यक सहयोग सरकारले गरिदिन माग गरेका छन् । साथै तालिममा १० जना बाँसगाढी नगरपालिकाका यूवाहरुको सहभागिता रहेको थियो । त्यस्तै तालिम सिकेको तीन जान यूवाहरुलाई कामका लागि सुर्खेतको एउटा कम्पनीले माग गरिसकेको छ ।

३ असार २०७६ मा प्रकाशित
Nabintech