छिन्चुका भिमबहादुर नाथ बेपत्ता

पिपलबाेट संवाददाता


सुर्खेत भेरीगंगा नगरपालिका–१२ छिन्चु–का ३७ वर्षिय भिम बहादुर नाथ परिवारको सम्पर्कमा नआएको ६ दिन बिते पछि परिवारद्वारा आवश्यक खोजि कार्यका लागि अनुरोध गरिएको छ । जाजरकोट छेडागाड नगरपालिका–५ घर भई विगत केहि वर्षदेखि सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. १२ मा व्यापार व्यासाय गर्दै आएको नाथ यहि जेष्ठ ३२ गते बिहान ४ बजे घरबाट गएको र हाल सम्म परिवारको सम्पर्क नआएकाले खोजि कार्यका लागि सबैसँग अनुरोध गरिएको उनका भाई अम्मर बहादुर नाथले जानकारी दिएका छन् । ‘घरबाट गएदेखि सम्पर्कमा आउनु भएको छैन्’ भाई अम्मर नाथले भने ‘हामीले सबै ठाउँ खोजि कार्य गरिसक्यो हाम्रो सम्पर्कमा हुनुहुँदैन्, उहाँ कहाँ, के, कुन अवस्थामा हुनुहुन्छ केहि पनि जानकारी छैन, बेपत्ता हुनु भएका दाईको खोजि कार्यका लागि सबैसँग अनुरोध गर्दछु ।’ परिवार स्रोतका अनुसार भिम बहादुर नाथलाई फेला पार्नुहुनेले निम्न सम्पर्क निम्बर ९८६८०९४०९४, ९८१३९६४४२९ र ९८४०३६८२३७ मा खबर गरिदिन अनुरोध गरिएको छ ।

५ असार २०७६ मा प्रकाशित
Nabintech