कविन्द्र परियार/ कोहलपुर ६ असार/ बाँकेको कोहलपुरमा लागु औषध तथा दुव्र्यसन विरुद्ध सचेतनामुलक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । ‘हाम्रो आवाज, लागु औषध दुब्र्यसनबाट मुक्त समाज’ भन्ने मुख्य नाराका साथ लागु औषध दुव्र्यसन विषयक सचेतना मुलक अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको औपचारिक उद्दघाटन कोहलपुर प्रमुख लुट बहादुर रावतले गरेका थिए । कार्यक्रमममा बोल्दै नगरप्रमुख रावतले लागुऔषध समाजको विकृतिका रुपमा रहेको बताउदै यसको न्यूनीकरणका लागी सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु पर्ने बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख दत्तराज हमालले लागुपदार्थ दुव्र्यसनले मानव जीवनलाई नराम्रो प्रभाव पार्ने हुदाँ सदैैव लागु पदार्थ देखी टाढै रहनुपर्ने बताए । कार्यक्रममा बोल्दै लागु औषध लागु औषध नियन्त्रण व्युरो नेपालगजका प्रमुख बिर बहादुर थापाले लागुपदार्थमा फसेपछि छुट्न निकै गाह्रो हुने हुदाँ लागु औषधबाट सधै टाढा रहनुपर्नेमा जोड दिए । कोहलपुर नगरपालिकाको सहयोग,सामुदायिक प्रहरी सेवा कोहलपुर ,ईलाका प्रहरी कार्यालय कोहलपुरको तथा समाजसेवा संस्था नेपाल हवलदारपुरको आयोजनामा संचालन गरिएको सो कार्यक्रममा समाज सेवा संस्थाका केन्द्रिय अध्यक्ष विनोद थापाले कार्यक्रमको लक्ष्य उद्देश्य र बारे जानकारी गराएका थिए । कार्यक्रममा धर्मगुरु, आमा समूह, विद्यार्थी ,शिक्षक ,अभिभावकहरु संग लागु औषध दुव्र्यसन न्युनीकरण विषयमा अन्तरक्रिया गरिएको थियो ।
समाज सेवा संस्था नेपालका सदस्य गोर्कण तिमिल्सिनाको सभापतित्वमा भएको कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष गोपी खनाल , वडा नं १३ का अध्यक्ष ओम प्रकाश वली, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) रमेश बहादुर सिह, राष्ट्रिय मानव अधिकार आयोग नेपालगजका प्रमुख चन्द्रकान्त चापागाई, साहारा क्लब हाउस नेपालगजका प्रमुख अभिराज क्षेत्री लगायतको सहभागीता रहेका थियो ।