नेविसंघ नेताद्वारा क्याम्पसलाई पुस्तक र हिम पाईप हस्तान्तरण

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर ईकाई कार्य समितिका सभापति राम प्रसाद पाण्डे र उपसभापति उपेन्द्र शाहीले क्याम्पसलाई पुस्तक र हिम पाईप हस्तान्तरण गरेका छन् । नेविसंघ सभापति पाण्डे र उपसभापति शाहीले आफ्े जन्मदिनको अवसरमा बागेशवरी क्याम्पसलाई नौ हजार मूल्य बराबरका पुस्तक र १० हजार मूल्यको ह्यु पाईप हस्तान्तरण गरेका छन् । नेता पाण्डे र शाहीले क्याम्पसको समस्याको रुपमा रहेको पुस्तक अभावलाई ध्यान दिँदै स्नातक तह दोस्रो वर्षका ३५ प्रति किताव र क्याम्पसमा ढल निकाशीका लागि एउटा हिम पाईप क्याम्पस प्रमुख शिशिर कुमार शर्मालाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै बागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिशिर कुमार शर्माले बागेश्वरी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा समायोजन भए पछि विश्वविद्यालयको पाठ्यक्रममा आधारीत पुस्तकहरुको अभाव भईरहेको बेला पुस्तक हस्तान्तरणले केहि सहयोग मिलेको बताएका छन् । साथै उनले पछिल्लो समय जन्मदिन मनाउने नाममा विभिन्न अनावश्यक खर्च गरिरहेको बेला विद्यार्थी नेताहरु विद्यार्थीहरुको पढाइलाई सहयोग पुग्ने कार्य गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् । पुस्तक र हिम पाईप हस्तान्तरण गर्दैै बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर ईकाई कार्य समितिका सभापति राप प्रसाद पाण्डेले जन्मदिनको अवसरमा पुस्तक अभावलाई मध्यनजर गर्दै क्याम्पसमा पुस्तक हस्तान्तरण गरिएको बताएका छन् । साथै उनले पानी पर्दा क्याम्पसका केहि भागहरु डुबानमा परोस् भनेर हिम पाईप वितरण गरिएको जानकारी दिँदै क्याम्पसको भौतिक र शैक्षिक विकासका लागि नेविसंघ संधै तयार रहेको बताएका छन् । समाज विकासको प्रमुख आधार शिक्षा नै भएकाले भौतिक र शैक्षिक रुपमा क्याम्पस सम्पन्न हुनुपर्ने उद्देश्यका साथ जन्मदिनमा अनावश्यक खर्च गरिने रकमबाट क्याम्पसलाई पुस्तक र हिम पाईप हस्तान्तरण गरिएको बताएका छन् । उक्त कार्यक्रमका क्याम्पसका प्राध्यापक, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

८ असार २०७६ मा प्रकाशित
Nabintech