कोहलपुर नगर उप्रमुख चौधरीद्वारा ८० करोड बजेट सार्वजनिक

पिपलबाेट संवाददाता


बाँकेको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७का लागि ८० करोड बजेट बिनियोजित गरेको छ ।
मंगलबारदेखि सुरु भएको कोहलपुर नगरपालिकाको पाँचौे नगरसभामा आर्थिक वर्ष २०७६÷०७७ को बजेट व्यक्तव्य गर्दै कोहलपुर नगरपालिकाकी उपमेयर सञ्जु कुमारी चौधरीले कोहलपुर नगरपालिकाको आर्थिक वर्ष २०७६÷०७७का लागि ८० करोड, ६१ लाख, १७ हजार, ४ सय बराबारको अनुमानित बजेट पेश गरेकी छिन् । उप्रमुख चौधरीले प्रस्तुत गरेको बजेट वक्तब्यमा प्रशासनिक तथा चालु खर्च तर्फ १३ करोड ५० लाख र पूँजीगत खर्चतर्फको आर्थिक विकास तर्फ रु. ४ करोड ५१ लाख ४५ हजार, सामाजिक विकास तर्फ २८ करोड ५८ लाख २ हजार, पूर्वाधार विकासमा रु. ३० करोड ९६ लाख ७० हजार, वातावरण तथा विपत्त ब्यवस्थापनमा रु. १ करोड, २५ लाख, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा १ करोड ८० लाख र प्रशासनिक खर्चतर्फ रु. १३ करोड ५० लाख रकम बिनियोजन गरिएको छ । चालु आर्थिक वर्ष २०७५÷०७६ मा आन्तरिक राजश्व तर्र्फ रु. ५ करोड ६० हजार आय अनुमान गरिएकोमा हालसम्म रु. ४ करोड ९० लाख हजार राजस्व असुल भईसकेको बजेट वक्तव्यमा उल्लेख छ । साथै उनले स्थानीय पूर्वाधारहरुको विकास र विस्तार गर्ने, राजगारी सृजना गर्ने, उत्पादनन उत्पादकत्व बृद्वि गर्ने, कृषिको आधुनिकरण र व्यावसायिककरण र यान्त्रिकीकरण गर्ने, पर्यटन पूर्वाधारको विकास र प्रवद्वन गर्ने, नगरपालिकाका सबै वडाहरुमा स्तरीय सडकमार्ग विस्तार गर्ने, शिक्षा, स्वास्थय, खानेपानी तथा सरसफाई सेवाको अभिवृद्वि गर्ने र आधुनिक र व्यवस्थित शहरीकरण गर्ने लगायत बजेटका प्रमुख उद्देश्य रहेको बताएकी छिन् ।

१० असार २०७६ मा प्रकाशित
Nabintech