बाँकेको कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाका नगर प्रमुख लुट बहादुर रावतले आर्थिक वर्ष २०७६÷०७७ को मस्यौदा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषिलाई पहिलो प्राथामिकतामा राखिएको बताएका छन् । नगर प्रमुख रावतद्वारा प्रस्तुत नीति तथा कार्यक्रमको कृषितर्फ ‘कृषि र पशुपालनबाट स्वरोजगार, समृद्वि र रोजगारीको आधार’ कार्यक्रम सञ्चालन गरिने, सामुहिक कृषिकार्यक्रममा यूवाहरुलाई उत्प्रेरित तथा कृषिमा रोजगारी सृजना गर्न सबै वडामा ‘नगर प्रमुख यूवा कृषि कार्यक्रम’ सञ्चालन गरि कम्तीमा ७५ जना यूवा कृषकहरुलाई स्वरोजगार बनाईनेमा जोड दिईएको छ । कृषिको योजना तथा कार्यक्रमहरु कृषकको घरदैलोमा नै पुग्ने गरी कार्यान्वय गरिने, कृषि पेशालाई व्यवसायकिरण, आधुनिकरण र विविधिकरण गरिने र सामुहिक खेति, सहकारी खेति र करार खेति प्रणालीलाई प्रोत्साहित गर्ने नीतिमा जोड दिईएको छ । साथै नीति तथा कार्यक्रममा शिक्षा तर्फ कोहलपुरलाई शैक्षिक हब बनाउन अवधारण पत्र, गुरुयोजना विकास लगायत अन्य आवश्यक शैषिक नीतिहरु तर्जुमा गरिने, सामुदायि विद्यालयमा प्राविधिक विषय सञ्चालन गरेका विद्यालयहरुलाई विशेष खनुदानको व्यवस्था गर्ने, नगर क्षेत्रका सबै संस्थागत विद्यालयहरुलाई नियमन गरिने, नमूना माविलाई नमूना विद्यालय सुधार गुरुयोजना अनुसार भौतिक निर्माण तथा शैक्षिक सुधार अनुदान प्रदान गरिनेमा जोड दिईएको छ ।
नगर भित्रका जेष्ठ नागरिक एकिकृत स्वास्थ्य शिविर र ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई घरदैलोमा स्वास्थ्य जाँच तथा उपचार कार्यक्रमलाई निरन्तरता दिने, विपन्न, गरिब गर्भवती महिला, सर्पदंश, दुर्घटना र जेष्ठ नगरिकहरुलाई नगरपालिकाले निशूल्क एम्बुलेन्स सेवाको संचालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । कोहलपुर क्षेत्रमा रहेका धार्मिक, साँस्कृतिक, प्राकृतिक सम्पदाहरुलाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्न, पर्यटन गतविविधिको विकास र विविधिकरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिने, नगर भित्रका पार्कको विकास र विस्तारका लागि आवशयक कार्य गरिनेमा विशेष जोड दिईएको छ । लैगिंक समानता तथा सामाजिक समावेशिकरण तर्फ जेष्ठ नागरिक र अशक्त, महिला तथा बालबालिका, आदिवासी जनतजाति तथा सिमान्कृत, भाष, संस्कृति कला, साहित्य, स्थानिय न्याकि समिति तथा मेलमिलाप, यूवा तथा किशोर किशोरी, सूचना सञ्चारलाई विशेष जोड दिईएको छ । सहकारी एवम् वित्तिय संस्थातर्फ दैनिक उपभोग्य वस्तु, कृेषि, जडिबुटि, मत्स्य तथा पशुजन्य उत्पादन, वितरण र विक्रि गर्ने सहकारीहरुलाई कर छुट तथा अनुदानको व्यवस्था गरिने र यसै वर्ष दे िसुपथ मूल्यका सहकारी पसल सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै खानेपानी, ऊर्जा र वैकल्पिक ऊर्जा तर्फ नगरपालिकाका सबै वडाहरुमा स्वच्छ, सफा र सुरक्षिक खानेपानीको आपूर्ति हुने व्यवस्था मिलाईने, भूमिगत पिउने पानीको स्रोत अध्ययनको लागि विशेषज्ञ टोलिबाट परामर्श लिईनेमा जोड दिईएको छ ।
साथै गोलपार्कमा आधुनिक घण्टारघर तथा भ्यूटावर निर्माण र १३ विघामा रङ्गशाला तथा कभर्ड हला निर्माण कार्यलाई निरन्तरता दिईने, आधुनिक सिटिहल, लामो दुरीको बसपार्क निर्माण, अटो भिलेज निर्माण, सुविधा सम्पन्न बाल अस्पताल, डुडुवा खोलामा विद्युतिय सवदाहगृह निर्माण कार्यलाई आवश्यक पहल गरिने उल्लेख गरिएको छ । साथै आधुनिक बधशाला निर्माण र ल्याण्डफिल साईट, निर्माण, कोहलपुको चप्परगौडि हुँदै घुइयाबारी सल्यान जोड्ने अन्तरप्रदेशिक सडक निर्माण, वडा नं. ७,८ र १४ रहेका सामुदायिक वनहरुलाई औद्योगिक ग्रामको रुपमा विकास गर्नका लागि आवश्यक पलह गरिने बताईएको छ । साथै गरिब जनताका खपडा, टायल र फुसको छाना विस्थापित गराउने अभियानको थालनी गरिने, सिद्विविनायक सामुदायिक वनलाई पर्यटकीय तथा जकिङ्ग स्थलका रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।