दलित र गैर दलित बिच अन्तर संम्वाद कार्यक्रम

पिपलबाेट संवाददाता


कविन्द्र परियार/बाँकेको बैजनाथ गाउँपालिकामा– ५ मा दलित र गैर दलित बिच अन्तर संम्वाद कार्यक्रम बुधबार सम्पन्न भएको छ । बैजनाथ गाउँपालिकाको सहयोग तथा गाउँपालिका स्तरयि दलित संजालको आयोजनामा संचालन गरिएको सो कार्यक्रममा बोल्दै पूर्व सिचाई राज्य मन्त्री दल बहादुर सुनारले समाजमा रहेको जातिय छुवाछुत हटाउनका लागी सबैले हातेमालो गर्ने बेला आएको बताए । साथै उनले राज्यले सविधानमा जातिय छुृवाछुत अन्त्य गर्नुपर्छ भने पनि व्यवहारमा लागु नभएको बताए । साथै उनले जातिय छुवाछुत मानवले नै बनाएको हुदाँ मानवले नै हटाउनुपर्ने बताए ।
कार्यक्रममा बोल्दै बैजनाथ गाउपालिकाका अध्यक्ष मान बहादु।र रुचालले समाजमा सामाजिक सदभाव कायम गर्न र सुशासन युक्त समाज निमार्णमा गर्न जातिय छुवाछुत अन्त्य हुनुपर्ने बताए । कार्यक्रममा प्रशिक्षक मान बहादुर विश्वकर्माले कार्यपत्र प्रस्तुत गर्दै दलितको पहिले र वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । सो अवसरमा दलित समुदायको उत्थानमा सहयोग पु¥याएको भन्दै पूर्व सिचाई राज्य मन्त्री दल बहादुर सुनारलाई सम्मानपत्र सहित सम्मान गरिएको थियो ।
बैजनाथ गाउँपालिका स्तरिय दलित संजालका अध्यक्ष दिल विश्वकर्माको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा बैजनाथ गाउँपालिका भित्रका दलित तथा गैर दलित अगुवा राजनितिकदलका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

११ असार २०७६ मा प्रकाशित
Nabintech