नेपाल राष्ट्रिय शिक्षक संगठन बाँके महिला बिभागको आयोजनामा महिला शिक्षकहरुलाई सेनेटेरी प्याड निर्माण तथा महिला नेतृत्व बिकास तालिम सम्पन्न गरेको छ । बिद्यालयमा अध्ययनरत छात्राहरु महिनावारी हुदा बिद्यालयमा अनुपस्थित हुने दर बढ्न थालेपछि शिक्षक संगठन बाँकेको महिला बिभागले जिल्लाका सामुदायिक बिद्यालयका महिला शिक्षकको लागी सेनेटरी प्याड बनाउने तालिम दिएको संगठन बाँके उपाध्यक्ष एवं महिला बिभाग प्रमुख रेखा धितालले बताइन। तालिम लिएका महिला शिक्षकले आ आफ्नो बिद्यालयमा गएर मा. बि. तहका छात्राहरुलाई सेनेटरी प्याड बनाउन सिकाउने उनको भनाई छ । छात्राहरु महिनावारी हुदा बिद्यालयमा उपस्तित नहुनाले छात्राहरुको सिकाई उपलब्धि दर घटेकोले छात्राहरुको बिद्यालयमा आउने दर बृद्दि गरी सिकाई उपलब्धि दर बृद्दि गर्न पनि यो तालिम उपयोगि रहेको संगठनका जिल्ला उपाध्यक्ष दान बहादुर बि.सी. ले बताए । तालिममा महिला नेतृत्व बिषयमा पनि प्रशिक्षण दिइएको थियो । तालिमले महिला शिक्षकहरुलाई बिभिन्न तहमा नेतृत्व लिन सक्षम बनाउन सहयोग पुर्याउने संगठनका राष्ट्रिय सदस्य एवं प्रशिक्षक एकदेव पन्थीले बताए। तालिममा बाँकेका ६० जना महिला शिक्षकको सहभागिता रहेको थियो । उक्त तालिमलाई संगठनका राष्ट्रिय उपाध्यक्ष बद्रेआलम खाँन, राष्ट्रिय सचिव अम्बिका चापागाईं राष्ट्रिय सदस्य एकदेव पन्थी तथा बाँके अध्यक्ष बामदेव सुबेदी लगाएतले सहजिकरण गरेका थिए । तालिम कार्यक्रमलाई सगरमाथा स्टिल कम्पनिका आनन्द मोहपाल , कोहलपुरुर नगरपालिका, लगाएतले आर्थिक सहयोग गरेका थिए ।